त्रिशूली नदीमा जिप खसेपछि चालक फरार भएको आशंका
नेपालबहस संवाददाता
माघ २, २०८० मंगलबार १३:४५:३२
२ माघ, काठमाडौं । त्रिशूली नदीमा खसेको भारतीय नम्बर प्लेटको जिपका चालक फरार भएको आशंका गरिएको छ। नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुलनजिकबाट मंगलबार बिहान त्रिशूली नदीमा जिप खसेको थियो।
खोजी सिलसिलामा भारतीय नम्बर प्लेट बिआर ०९ जिसी १४३० नम्बरको बोलेरो जिप फेला परेको थियो।बिहान ४५० बजे नदीभित्र बत्ती बलेको जस्तो देखिएपछि सशस्त्र प्रहरीको गोताखोर टोलीले परिचालन गरिएको थियो।
त्यसक्रममा सेतो रंगको सिंगल क्याप जिप त्रिशूली नदीमा फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले बताए। उनका अनुसार एक जना ट्यांकर चालकले जिपबाट चालक निस्केको देखेको बताएका छन्।
‘ट्यांकर चालकले जिपका चालक भागेको देखेको बताएका छन्, उनलाई खोजिरहेका छौं,’ भण्डारीले भने।
बिहान नदीमा रातो बत्ती बलेपछि सवारीसाधन खसेको अनुमान गरी खोजी थालिएको थियो। सशस्त्रको गोताखोरले जिप फेला पारे पनि त्यसमा यात्रुहरू थिएनन्। ‘अहिलेसम्म कोही यात्रु फेला परेको स्थिति छैन,’ भण्डारीले भने, ‘मोटरबोटबाट खोजी गरिरहेका छौं।’
जिप सडकबाट करिब एक सय मिटर तल खसेको थियो। जिपमा कति व्यक्ति सवार थिए भन्ने यकिन भइसकेको छैन।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
दुई वर्षपछि क्यानाडाबाट नेपाल फर्किए, घर नपुगी होटलमै पासो लगाएर आत्महत्या गरे
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
फुङफुङे झरनामा रमाउँदै पर्यटक
मंसिर १०, २०८१ सोमबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा रोल्पाको होलेरीमा सेवा विस्तार
मंसिर १०, २०८१ सोमबार
मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने नेपाल प्रिमियर लिगको ट्रफी अनावरण
मंसिर १०, २०८१ सोमबार
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु
मंसिर १०, २०८१ सोमबार