संयुक्त राष्ट्रसंघ महासचिवद्वारा मध्य अफ्रिकी गणतन्त्रमा शान्ति सैनिक हत्याको निन्दा
नेपालबहस संवाददाता
माघ २, २०८० मंगलबार १५:८:३०
२ माघ, एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सोमबार मध्य अफ्रिकी गणतन्त्रमा संयुक्त राष्ट्रसंघ शान्ति मिसनका एकजना क्यामेरोनियन शान्ति सैनिकको हत्याको निन्दा गरेका छन् ।
महासचिवका प्रवक्ताले ओहाम(पेन्डे प्रान्तमा भएको बम आक्रमणमा अन्य पाँच जना शान्ति सेना घाइते भएको र ती मध्ये दुई जना गम्भीर घाइते रहेको उल्लेख गरे ।
महासचिवले पीडित परिवार र क्यामरुन सरकारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । प्रवक्ता स्टेफेन दुजारिकले विज्ञप्ति जारी गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
महासचिवले संयुक्त राष्ट्रसंघ शान्ति सैनिकहरूलाई लक्षित गरी आक्रमण गरिनु अन्तरराष्ट्रिय कानून अन्तर्गत युद्ध अपराध हुन सक्ने भन्दै सम्बन्धित सबै पक्षलाई स्मरण गराए ।
उनले मध्य अफ्रिकी गणतन्त्रका अधिकारीहरूलाई यस आक्रमणका दोषीहरूलाई पहिचान गरी न्यायको दायरामा ल्याउन कुनै कसर बाँकी नराख्न समेत विशेष आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
भारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार