भीड नियन्त्रणमा हुने घातक हतियारको प्रयोगमाथि प्रतिबन्द लगाउन मागगर्दै त्रिपाठीले दिए सर्वोच्चमा रिट
नेपालबहस संवाददाता
माघ २, २०८० मंगलबार १५:१२:३३
२ माघ, काठमाडौं । सर्वोच्च अदालतमा जनप्रदर्शन तथा भीड नियन्त्रणका लागि घातक हतियारको प्रयोगमा प्रतिबन्ध लगाउन माग गर्दै रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेको जानकारी दिएका छन् ।
उनले पछिल्लो समय प्रदर्शनकै क्रममा ललितपुरको बालकुमारीमा दुई युवा र सर्लाहीको बरहथवामा एक युवाको प्रहरीको गोलीबाट मुत्यु भएको प्रकरणलाई आधार बनाएको जानकारी दिए ।
वरिष्ठ अधिवक्ता त्रिपाठीले निहत्था नागरिकमाथि घातक हतियार प्रयोग गर्ने र प्रयोगको आदेशमार्फत जीवन अपहरणमा संलग्न जो कोहीलाई आपराधिक दायित्वसहित ज्यानसम्बन्धी कसुरमा अभियोजनको व्यवस्था गर्न माग गरेका छन् । उनले राष्ट्रसंघको कानुन कार्यान्वयन गर्ने निकायद्वारा शक्तिको प्रयोग सम्बन्धमा आधारभूत सिद्धान्त १९ कार्यान्वयनका लागि आवश्यक बन्दोबस्तको आदेश पनि माग गरेका छन् ।
उनले अन्तर्राष्ट्रिय महासन्धिले पनि भीड नियन्त्रणमा घातक हतियारको प्रयोग र अनावश्यक बल प्रयोग दुवै निषेधित गरेको भन्दै त्यस्तो कार्यमा संलग्न सुरक्षा अधिकारी समेतलाई कारबाही गर्ने स्पष्ट व्यवस्था गरेको उल्लेख गरेका छन् । नेपालको संविधानले पनि प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको भन्दै सम्मानपूर्वक बाँच्नका लागि व्यवस्था गरिएका मौलिक हकमा समेत राज्यले नै प्रहार गरिरहेको उल्लेख गरेका छन् ।
त्रिपाठीले नागरिकहरूको सबैभन्दा मूल्यवान् अधिकार भनेको जीवनको अधिकार भएको भन्दै त्यहीँ अधिकारबाट अन्य अधिकारहरू निश्चित हुने र राज्यलाई नागरिकको जीवन अपहरण गर्ने अधिकार नरहेको बताएका छन् ।
लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन गर्ने र सरकारका गलत क्रियाकलापको विरोध गर्ने अधिकार रहेको भन्दै त्यस्ता विरोध प्रदर्शनमा घाटक हतियार र मेटल बुलेटको प्रयोगमा प्रतिबन्ध लगाउन उनले माग गरेका छन् ।
रिटमा घातक हतियारको प्रयोगमा प्रतिबन्धसँगै प्रहरीलाई आत्मसुरक्षाका लागि हेलमेट, सुरक्षा ज्याकेट एवम् बुलेटप्रुफको निरन्तर आपूर्तिको पनि माग रिएको छ । रिटमा नागरिकको जीवन रक्षाका अधिकार सुनिश्चित गर्न तत्काल घातक हतियार र अत्यधिक बल प्रयोगमा प्रतिबन्ध लाउनेका लागि अन्तरिम आदेश समेत माग गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसोमबार पुनः सुनुवाइ गर्ने भन्दै हेर्दाहेर्दैमा राखियो एमालेलाई जग्गादानविरुद्धको रिट
मंसिर २८, २०८१ शुक्रबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
रविसहित ५१ जना प्रतिवादी, फरारको सूचीमा ३७ जना
पुष १, २०८१ सोमबार
सरकारले खेलाडी, प्रशिक्षक र व्यवस्थापकलगायत ३५ जनालाई सम्मान गर्ने
पुष १, २०८१ सोमबार
पचास हजार भक्तजनले गरे दुप्चेश्वर दर्शन
पुष १, २०८१ सोमबार
कसैले चाहेर पनि वर्तमान सरकार ढल्दैनः महासचिव पोखरेल
पुष १, २०८१ सोमबार