बलिउडका महानायक अभिताभ बच्चनले अयोध्यामा घर बनाउने
नेपालबहस संवाददाता
माघ २, २०८० मंगलबार १५:४१:५३
२ माघ, काठमाडौं । बलिउडका महानायक अभिताभ बच्चनले अयोध्यामा घर बनाउने भएका छन् । समाचार एजेन्सीका अनुसार उनले अयोध्यामा करोडौंका प्लट किनेका छन् ।
सो जग्गामा उनले घर बनाउँदैछन् । यस्तो गर्ने उनी बलिउडका पहिलो स्टार हुन् । बिग बिको आध्यात्मिक रुचि देखेर फ्यानहरु पनि निकै खुसी देखिएका छन् ।
अयोध्या आध्यात्मिक राजधानीको रुपमा चिनिन थालेको छ । राम मन्दिर बनिरहेको छ । २२ जनवरीमा राम मन्दिरमा भगवान रामको प्राण प्रतिष्ठा हुँदैछ । यस्तोमा अमिताभ पनि रामको गितमा मग्न हुन तयार छन् ।
बिग बिले सेभेन स्टार प्रोजेक्ट ‘द सरयू’मा एउटा प्लट किनेका छन् । यो प्लट सरयू नदी नजिक छ । यो प्लट रामभूमि मन्दिरबाट १५ मिनेटको दूरीमा छ । यो जग्गा अयोध्या अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा घण्टाको दूरीमा छ ।
अमिताभले १० हजार वर्ग फिटको जमिन किनेका छन् । यसको मूल्य साढे १४ करोड भारु भएको बताइएको छ । २२ जनवरीमा हुन लागेको प्राण प्रतिष्ठामा सहभागी हुनका लागि अमिताभलाई पनि निम्तो गएको छ ।
समारोहमा सहभागी हुन बिग बिबाहेक रजनीकान्त, रणवीर कपूर, आलिया भट्ट, राम चरण, दीपिका चिखलिया, अरुण गोविल, सुनील लाहिरी कंगना रनौतलाई पनि निम्तो दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
मंसिर १४, २०८१ शुक्रबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार