के तपाईलाई ग्यास्ट्रिक छ ?
इन्द्र रिजाल
बैशाख ७, २०७६ शनिबार १३:१९:१८
पेटमा हुने एकप्रकारको इन्फेक्सनलाई अम्लपित्त अर्थात् ग्यास्ट्राइटिस भनिन्छ । हाम्रो पेटमा एक किसिमको एसिड ‘अम्ल’ उत्पादन हुन्छ, जसले खाना पचाउनेदेखि खानासँगै पेटमा गएका ब्याक्टेरियालाई मार्नेसम्मको काम गर्छ । यदि, पेटमा अम्ल उत्पादन बढी भएमा त्यसले तन्तु जलाउँछ । जसलाई सामान्य भाषामा ग्यास्ट्रिक भएको भनिन्छ ।
लक्षण
ग्यास्ट्रिक भएमा पेट फुल्ने वा भरिएको अनुभव हुने, खाना राम्रोसँग नपच्ने हुन्छ । लामो समयसम्म खाना नखाँदा पेट पोल्ने, खान मन नलाग्ने, ढ्याउ आइरहने समस्या हुने गर्छ । यसले पाचन प्रक्रियालाई बाधा पु¥याउँछ । जसले शरीरमा रगत र क्याल्सियमको कमी हुने र अल्सर र क्यान्सरसम्म निम्त्याउने खतरा हुन्छ ।
कारण
ग्यास्ट्रिक हुनुको प्रमुख कारण खानपानमा गडबडी नै हो । जे पायो त्यही खाने, कहिले धेरै खाने वा खाना नै नखाने, बढी मसालेदार खाना खाने गर्नाले ग्यास्ट्रिक हुने गर्छ । त्यस्तै, धेरै तारेको खानेकुरा खाने गर्नाले पनि ग्यास्ट्रिक हुने सम्भावना बढी हुन्छ । फास्टफुड र जंकफुडको अत्यधिक सेवनबाट समेत ग्यास्ट्रिकको समस्या हुन्छ ।
दीर्घरोगका लागि सेवन गरिने कतिपय औषधि पनि ग्यास्ट्रिकको कारक हुन सक्छ । खासगरी पेनकिलर बढी खाएमा ग्यास्ट्रिक हुन्छ । सुर्तीजन्य पदार्थ, लागुपदार्थ र मदिरा सेवनका कारणसमेत ग्यास्ट्रिक हुन्छ । कहिलेकाहीँ तनावका कारणले समेत यस्तो समस्या देखिन्छ । पेटको र खाद्यनलीको क्यान्सरले पनि ग्यास्ट्रिक हुने गर्छ ।
बच्ने उपाय
समयमा खाना खाने वा सन्तुलित आहार गर्ने हो भने ग्यास्ट्रिकबाट बच्न सकिन्छ ।
यसबाहेक अत्यधिक चिल्लो, पिरो र अमिलो खानेकुरा नखाने अर्थात्
साधारण खानाको सेवनले ग्यास्ट्रिक हुनबाट बचाउँछ ।
रक्सी, चुरोटजस्ता पदार्थको सेवन नगर्ने र चिकित्सकको सल्लाहमा मात्र पेनकिलर खाने गर्नाले यसबाट बच्न सकिन्छ ।
उपचार
ग्यास्ट्रिक बिग्रिएमा अल्सर र क्यान्सर हुने सम्भावना रहन्छ । अल्सरका कारण अत्यधिक रक्तश्राव भएर मानिसको ज्यान जोखिममा पर्न सक्छ । पछिल्लो समय बजारमा राम्रो गुणस्तरको औषधि पाइने भएकाले ग्यास्ट्रिकको समस्या पहिलेभन्दा निकै कम
भएको पाइन्छ ।
ग्यास्ट्रिक भएको सुरुवाती चरणमैै खानपान व्यवस्थित र औषधि सेवन गर्ने हो भने यो समयमै निको पार्न सकिन्छ । इन्डोस्कोपीबाट चेकजाँच गरी ग्यास्ट्रिकको चरण पत्ता लगाएर उपचार गरिन्छ । सुरुको चरणमा एसिड उत्पादन कम गर्ने औषधिको सेवनबाट उपचार गर्न सकिन्छ ।
अल्सर भएमा रक्तश्रावले समस्या आउने भएकाले छुट्टै उपचार गरिन्छ । यसबाहेक क्यान्सर नै भइसकेको चरणमा शल्यक्रियाका माध्यमबाट उपचार गर्नुपर्ने हुन्छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपभारतको सहयोगमा निर्मित महेन्द्र शान्ति माध्यमिक विद्यालय भवनको उद्घाटन
भदौ ३१, २०८१ सोमबार
पढ्दै कमाउँदै कार्यक्रम प्रति विद्यार्थीको आकर्षण
भदौ २७, २०८१ बिहिबार
असोज ५ गते 'वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुने
भदौ २६, २०८१ बुधबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार
कांग्रेसको सय दिने अभियानमा जिल्ला जाने प्रतिनिधिलाई सानेपामा आज प्रशिक्षण
असोज २, २०८१ बुधबार
रुसमा जन्मदर घटेपछि कामको बीचमा शारीरिक सम्बन्ध बनाउन पुटिनको अपिल
असोज २, २०८१ बुधबार
कस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ?
असोज ३, २०८१ बिहिबार
एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकामाथि अफगानिस्तानको पहिलो जित
असोज ३, २०८१ बिहिबार
पितृ पक्षमा यस्ता संकेत देखिनु अशुभ, भूलवश पनि नगर्नुहोस् बेवास्ता !
असोज ३, २०८१ बिहिबार
मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड
असोज ३, २०८१ बिहिबार
संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
असोज ३, २०८१ बिहिबार