आईभीएफ प्रविधिबाट विरगञ्जमा उपचाररत महिलाले जन्माइन तिम्ल्याहा बच्चा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ ३, २०८० बुधबार १०:५०:५
![](https://nepalbahas.prixacdn.net/media/albums/newskarkahna-news622170._aOkHjHeCQ9_jS0sxYpZSJ.jpeg)
३ माघ, रौतहट । सूर्य अस्पताल विरगञ्जमा आईभीएफ ईनभीट्रो फर्टीलाईजेशन प्रविधिबाट उपचाररत एकजना महिलाले जन्माइन तिम्ल्याहा बच्चा जन्माएकी छिन्।
अस्पतालकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर मोनिका यादव सिंहले उक्त प्रविधिबाट उपचार गरेकी महिलाले दुईदिन अघी तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् ।
विवाह पश्चात् १५ वर्षदेखि निसन्तान रहेकी सर्लाहीको कविलासी नगरपालिका – ७ की ३५ वर्षीय महिलाले उपचार पश्चात् तिम्ल्याहा बच्चालाई जन्म दिएको अस्पतालका निर्देशक डाक्टर सरोज सिंहले जानकारी दिएका छन।
तिम्ल्याहामध्ये दुई छोरी र एक छोरा रहेको डाक्टर सिंहले बताएका छन। तिनैजना शिशु पूर्णस्वस्थ रहेको छ। थप सावधानीका लागि उनीहरूलाई एनआइसीयू वार्डमा बाल रोग विशेष डाक्टर कुश राज गिरीको प्रत्यक्ष निगरानीमा राखिएको छ।
‘एउटा शिशु साढे दुईकिलो, अन्य दुईजना डेढ–डेढ किलोको रहेको डाक्टर सिंहले बताएका छन् । अस्पताल निर्देशक डाक्टर सिंहका अनुसार आमाको स्वास्थ्य पनि राम्रो छ । शल्यक्रिया गरेर बच्चा जन्मिएको कारण उनलाई पनि चिकित्सकको निगरानीमा राखेर उपचार गरिँदै छ ।
मधेस प्रदेशमा एकमात्र आईभीएफ सेन्टरका रूपमा रहेको सूर्य अस्पतालमा यसअघि पनि आईभीएफ प्रविधिबाट उपचार गराएका दर्जनौं दम्पतीहरूले सन्तान प्राप्ति गरेका छन् । पछिल्लो एक वर्षदेखि अस्पतालमा उपलब्ध रहेको आईएफ विधिबाट उपचार गराएर हालसम्म ३५ दम्पतीले सन्तान प्राप्ति गरिसकेको डा. सरोजले दाबी गरेका छन्।
भारत बाट विशेष तालिम लिएकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मोनिका यादव सिंहले अस्पतालमा आईभीएफ विधिबाट उपचार गर्ने गरेकी छन् । आईभीएफका लागि आवश्यक पर्ने सम्पूर्ण उपकरणहरू अस्पतालमै उपलब्ध रहेका छन् भने उपचारका लागि छुट्टै विशेषज्ञ चिकित्सकहरूको टोली समेत रहेको छ । त्यस्तै आईभीएफ उपचार गर्नका निमित्त अस्पतालले नेपाल सरकारले सम्पूर्ण मापदण्ड समेत पूरा गरेको छ ।
हालसम्म मधेस प्रदेश मात्र नभएर अन्य प्रदेश र छिमेकी मुलुक भारतबाट समेत सेवाग्राहीहरूले आईभीएफ प्रविधिबाट उपचार गराएर सन्तान प्राप्ति गरेको डा. मोनिकाले बताइन ।
वीरगञ्ज मै आईभीएफ सेवा उपलब्ध भएपछि स्थानीयहरूका साथै छिमेकी जिल्लासँगै सीमावर्ती भारतबाट समेत आउने सेवाग्राहीहरूलाई सहज भएको छ । तुलनात्मक रूपमा देशमा उपलब्ध रहेका अन्य आईभीएफ सेन्टरहरू भन्दा सस्तो दरमा उपचार भएकाले सेवाग्राहीहरु सेवा लिन आउने गरेका छन् ।
आईभीएफ विधिबाट जन्मिएको शिशु सामान्य अवस्थामा जन्मिने शिशु जस्तै स्वस्थ हुने र महिलाको स्वास्थ्यमा पनि कुनै असर नपार्ने डाक्टर मोनिकाको दाबी छ । ‘उनले भनिन आईभीएफ सम्बन्धी धेरै भ्रमहरू पनि छन् । जसलाई चिर्न आवश्यक छ । सामाजिक सञ्जाल र इन्टरनेटमा भनिए जस्तो आईभीएफ एकदमै जटिल र झन्झटिलो प्रक्रिया पनि होइन अन्य उपचार विधि जस्तै हो उनले स्पष्ट पारिन। निसन्तान दम्पतीका लागि आईभीएफ जस्तो सफल उपचार विधि अरू कुनै पनि छैन,’अस्पतालमा आईभीएफ विधिबाट उपचार गराएको सम्पूर्ण दम्पतीले सन्तान प्राप्ति गरेको डा. मोनिकाले दाबी गरिन ।
‘हाम्रो सफलता दर पनि झन्डै १०० प्रतिशत पुगेको छ । यसलाई थप प्रभावकारी, परिष्कृत र सस्तो बनाउँदै जाने हामी प्रतिबद्ध छौँ,’ डाक्टर मोनिकाले भनिन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार
बेलुन विस्फोट घटनाको छानबिन गर्न आठ सदस्यीय समिति गठन
फागुन ४, २०८१ आइतबार
‘हाम्रो माया घर’ को निर्माणले गति लिँदै
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
विपन्न महिलालाई अनुदानमा सिलाइ मेसिन वितरण
फागुन ५, २०८१ सोमबार
बारामा सुधार केन्द्रभित्रै कुटपिट गरी एक युवाको हत्या
फागुन ५, २०८१ सोमबार
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताः नेपाल र किर्गिस्तान खेल्दै
फागुन ५, २०८१ सोमबार
वित्तीय सुशासन जोखिम मूल्यांकन : दोधारा चाँदनी नगरपालिका नतिजाविहीन
फागुन ५, २०८१ सोमबार
आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
फागुन ५, २०८१ सोमबार
खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति
फागुन ५, २०८१ सोमबार