पाकिस्तानविरुद्धको टी-२० सिरिजमा न्यूजील्याण्डको लगातार तेस्रो जित
नेपालबहस संवाददाता
माघ ३, २०८० बुधबार १०:५८:३६
३ माघ, काठमाडौं । न्यूजील्याण्डले पाकिस्तानविरुद्धको टी-२० सिरिज २ खेल अगाडि नै जितेको छ । जारी ५ खेलको सिरिजमा न्यूजील्याण्डले लगातार तीन खेल जितेर सिरिज कब्जा गरेको हो । बुधबार सम्पन्न सिरिजको तेस्रो खेलमा न्यूजील्याण्डले पाकिस्तानलाई ४५ रनले पराजित गरेको छ ।
न्यूजील्याण्डले दिएको २२५ रनको लक्ष्य पछाएको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाउदै १७९ रन मात्र बनाएको थियो । पाकिस्तानका लागि बाबर आजमले सर्बाधिक ५८ रन बनाए भने मोहमद नवाजले २८ तथा मोहमद रिजवानले २४ रनको योगदान दिएका थिए ।
त्यसैगरी न्यूजील्याण्डका बलर टिम साउथीले २ विकेट लिए भने माट हेनरी, लुकी फर्गुसन, मिचेल सान्टनर तथा इश सोढ़ीले एक एक विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले २० ओभरमा ७ विकेट गुमाउँदै २२४ रन बनाएको थियो । न्यूजील्याण्डका लागि फिन एलेनले आक्रामक ब्याटिङ गर्दै ६२ बलमा १३७ रनको शानदार पारी खेलेका थिए । त्यस्तै टिम सेइफेर्टले ३१ रन बनाए भने ग्लेन फिलिपले १९ रन बनाएका थिए ।
त्यस्तै पाकिस्तानका बलर हरिस राउफले २ विकेट लिए भने कप्तान शाहिन शाह अफ्रिदी, जमान खान, मोहमद नवाज र मोहमद वासिमले एक एक विकेट लिएका थिए ।
यो जितपछि न्यूजील्याण्ड ५ खेलको सिरिजमा ३-० ले अगाडी भएको छ । अब सिरिजको चौथो खेल आगामी शुक्रबार हुने तालिका रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु
मंसिर ११, २०८१ मंगलबार
प्रहरीले दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गरायो
मंसिर ११, २०८१ मंगलबार
भक्तपुरमा राजश्व संकलन गत वर्षभन्दा राम्रो
मंसिर ११, २०८१ मंगलबार
आरबीआईका गभर्नर शक्तिकान्त दास अस्पताल भर्ना
मंसिर ११, २०८१ मंगलबार
बक्यौता रकम नपाएसम्म लिग नखेल्ने 'बी' डिभिजन क्लबको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
कन्ताराः च्याप्टर-१ को सुटिङ बस दुर्घटनाग्रस्त, २० जना घाइते
मंसिर ११, २०८१ मंगलबार