घर भाडामा लिएर गुणस्तरहिन नक्कली मदिरा उत्पादन गर्ने गिरोहका ९ जना पक्राउ, ठूलो मात्रामा रक्सी बरामद
नेपालबहस संवाददाता
माघ ३, २०८० बुधबार १३:४८:६
३ माघ, काठमाडौं । काठमाडौँमा स्वदेशी र विदेशी ब्रान्डका नक्कली रक्सी बनाउने कारखाना फेला परेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित एक घरमा उक्त कारखाना फेला परेको हो ।
स्वदेशी तथा विदेशी ब्रान्डका नक्कली मदिरा उत्पादनदेखि बिक्री वितरणमा संलग्न गिरोहलाई प्रहरीले सार्वजनिक गरेको हो । काठमाडौंका विभिन्न ठाउँमा नक्कली मदिराको कारखाना र गोदाममा छापा मारेर प्रहरीले ९ जनालाई पक्राउ गरी पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा रामेछाप, खाँडादेबी गाउँपालिका वडा नं ०२ हाल मुलपानी बस्ने २८ वर्षीय मनोज खत्री, कोटेश्वर बस्ने ३६ वर्षीय बिनोद कुमार कार्की, सिन्धुपाल्चोक, चौतारा गाउँपालिका वडा नं ०३ का हाल मुलपानी बस्ने २७ वर्षीय मोहन खड्का, १८ वर्षीय रोशन कार्की, सिन्धुली, कमलामाई नगरपालिका वडा नं ०९ का मुलपानी बस्ने २८ वर्षीय गौरव तामाङ, कोटेश्वर बस्ने ४० वर्षीय लेख ब्रिकम थापा, रामेछाप, मजुवा गाउँपालिका ०३ का मुलपानी बस्ने २३ वर्षीय महेश खत्री, खाँडादेवी नगरपालिकाका २० वर्षीय मनिश खत्री र काठमाडौं कागेश्वरी मनोहरा वडा नं ६ मुलपानीका ३५ वर्षीय सुमन नगरकोटी रहेका छन् ।
काठमाडौं उपत्यकामा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहिन नक्कली मदिराहरू उत्पादन गरी कालो बजारी भइरहेको भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले बुधबार कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ०५ थलि स्थित भरत थापाको २ तल्ले पक्की घरमा बिनोद कुमार कार्कीले भाडामा लिई बसेको कोठामा खानतलासी गर्दा नक्कली रक्सीहरू बरामद गरेको हो ।
साथै मदिरा बनाउन प्रयोग गर्ने समानहरु, सगुन ब्राण्डको मदिरा पदार्थ, चिनि, पानी मिश्रित तरल पदार्थ, विभिन्न रक्सीहरूको खाली बोतल, आन्तरिक राजश्व विभागको अन्त शुल्कको स्टिकरहरू, लेवलिङ एवं प्याकेजिङ गर्न प्रयोग गरिने सामानहरू लगायत अन्य विभिन्न सामग्रीहरू बरामद गरेको छ ।
प्रहरीका अनुसार उनीहरूले विभिन्न ब्रान्डका गणस्तरहीन नक्कली मदिराहरु प्रचलित दरभाउभन्दा कम मूल्यमा बेचबिखन गर्दै कालोबजारी गर्ने गरेका थिए । काठमाडौँ उपत्यकामा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहिन नक्कली मदिराहरू उत्पादन गरी कालो बजारी भई रहेको भन्ने गोप्य सूचनाको आधारमा कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले माघ २ गते बिनोद कुमार कार्कीले भाडामा लिई बसेको कोठामा खानतलासी गरेको थियो । सो क्रममा नक्कली खुकुरी रम, गोल्डन ओक, फाइटर, सिग्नेचर, ३६५ ब्ल्याक मदिरा फेला पारेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचोरीका सुनको गरगहनासहित दुई जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
अनलाइनमा बालयौन दुव्र्यवहारको सामग्री प्रसारण गरेको अभियोगमा पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
अनुमति नलिइ वन्यजन्तु पाल्ने दुई जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार
स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा
कात्तिक ३०, २०८१ शुक्रबार
चोरीका सुनको गरगहनासहित दुई जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
प्रतिलिटर ३ रुपैयाँले डिजेल र मट्टितेलको मूल्य बढ्यो
कात्तिक ३०, २०८१ शुक्रबार