पुलिसको वर्दी लगाएर एक्शन मोडमा फर्किदै रजनीकान्त
नेपालबहस संवाददाता
माघ ३, २०८० बुधबार १३:५१:५६
३ माघ, काठमाडौं । सन् २०२३ मा साउथ सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर’ ले हलचल मच्चाएको थियो । रजनीकान्तको यो फिल्मले विश्वभर ६०० करोडभन्दा बढी कमाई गरेर थिएटरलाई हल्लायो। सुपरस्टार रजनीकान्तको यो फिल्म साउथले मात्र नभई उत्तर भारतीय फ्यानहरुले पनि मन पराए ।
‘जेलर’को बम्पर सफलतापछि अहिले निर्माता पक्ष फिल्मको सिक्वेलको तयारीमा जुटेका छन् । तमिल सुपरस्टार रजनीकान्तले यस फिल्मको सिक्वेलका लागि निर्देशक नेल्सन दिलीपकुमारसँग फेरि हात मिलाएका छन् । यही कारणले गर्दा साउथ सिने जगतमा थलाइवाको १७२ औँ फिल्म ‘जेलर २’ बन्ने चर्चा छ ।
रजनीकान्त बलिउडका मेगास्टार अमिताभ बच्चनभन्दा कम छैनन् । रजनीकान्त ७२ वर्षका छन् । यति हुँदाहुँदै पनि उनले दर्शकलाई ब्याक टू ब्याक हिट फिल्म दिइरहेका छन् ।
रजनीकान्तको पछिल्लो रिलिज फिल्म ‘जेलर’ ब्लकबस्टर भएको थियो । यसअघि पनि उनको फिल्म ‘अन्नते’ लाई दर्शकले न्यानो स्वागत गरेका थिए । अब छिट्टै रजनीकान्त आफ्नी छोरी ऐश्वर्या रजनीकान्तको निर्देशनमा बन्ने फिल्म ‘लाल सलाम’ मा देखिनेछन् । यसबाहेक उनले ‘विक्रम’ स्टार लोकेश कनागराजसँग अर्को फिल्म साइन गरेका छन् । यो चलचित्रलाई अहिले थलाइवा १७१ भनिन्छ । किनभने यो रजनीकान्तको करियरको १७१ औँ फिल्म हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार