सन् २०२३ मा चीनको शहरी क्षेत्रको बेरोजगारी दर ५.२ प्रतिशत कायम
नेपालबहस संवाददाता
माघ ३, २०८० बुधबार १४:५३:४२
३ माघ, बेइजिङ । चीनमा सन् २०२३ मा शहरी बेरोजगारी दर औसतमा ५।२ प्रतिशत रहेको छ । यो दर सन् २०२२ को तुलनामा ०.४ प्रतिशत कम हो । राष्ट्रिय तथ्याङ्क विभाग 'एनबीएस' बुधबार जारी प्रतिवेदनमा रोजगारीको अवस्था सामान्यतया स्थिर रहेको जनाएको छ ।
सर्वेक्षण गरिएको शहरी बेरोजगारी दर सन् २०२३ को डिसेम्बरमा ५.१ प्रतिशत रहेको र चीनका ३१ प्रमुख शहरको यो आँकडा पाँच प्रतिशत रहेको एनबीएसले जनाएको छ ।
चीनको ग्रामीण आप्रवासी कामदारहरूको कूल सङ्ख्या अघिल्लो वर्षको तुलनामा १९ लाख १० हजार बढेर सन् २०२३ मा २९ करोड ७५ लाख ३० हजार पुगेको छ । उनीहरूको औसत मासिक आय एक वर्ष पहिलेको तुलनामा ३.६ प्रतिशतले बढेर चार हजार ७८० युआन 'झण्डै ६७२ अमेरिकी डलर' पुगेको छ ।
विद्यार्थीबाहेक १६ देखि २४, २५ देखि २९ र ३० देखि ५९ वर्ष उमेर समूहका नागरिकको बेरोजगारी दर क्रमशः १४.९ प्रतिशत, ६.१ प्रतिशत र ३.९ प्रतिशत रहेको छ ।
एनबीएसका प्रमुख काङ यीले भन्नुभयो, “विभागले १६–२४ उमेर समूहमा बेरोजगारी सर्वेक्षण गर्दा विद्यार्थीलाई समावेश गरेको छैन भने २५–२९ उमेर समूहको युवाहरूको बेरोजगारी स्थितिलाई ‘अझ सही र पूर्ण रूपमा’ प्रतिबिम्बित गर्न शुद्ध विद्यार्थीहरूको सङ्ख्यालाई कटौती गरेको छ ।
उनका अनुसार गत वर्ष १६ देखि २४ वर्ष उमेर समूहका ६० प्रतिशतभन्दा बढी विद्यार्थी शहरी क्षेत्रका बासिन्दा थिए । नयाँ थपिएका २५ देखि २९ वर्ष उमेर समूहका लागि बेरोजगारीको तथ्याङ्कले स्नातक पछिका वर्षहरूमा युवाहरूका लागि रोजगारीको वातावरणलाई सङ्केत गर्न सक्छ, काङले भने । एनबीएसले मासिक आधारमा विद्यार्थीबाहेकको १६–२४, २५–२९ र ३०–५९ उमेर समूहको बेरोजगारी दर सार्वजनिक गर्ने गर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
भारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार