राष्ट्रियसभा निर्वाचनको नमुना मतपत्र सार्वजनिक, आयोगले पायो ४ करोड खर्च
नेपालबहस संवाददाता
माघ ३, २०८० बुधबार १६:४१:३९
३ माघ, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको नमुना मतपत्र सार्वजनिक गरेको छ । आयोगले वेबसाइटमा नमुना मतपत्र सार्वजनिक गरेको हो । नमुना मतपत्रमा उमेदवारहरूको नाम राखिएको छ ।
क्लष्टरहरूअनुसार छुट्टाछुट्टै मतपत्र छ । नमुना मतपत्रको रङ गुलाबी र निलो हरियो छ । आउँदो माघ ११ गते १९ पदका लागि चुनाव हुँदैछ ।
यस्तै, राष्ट्रियसभा सदस्यको निर्वाचन सम्पन्न गराउन सरकारले निर्वाचन आयोगलाई चार करोड निकासा गरेको छ । अर्थ मन्त्रालयका अनुसार मन्त्रालयबाट ४ करोड ८ हजार ७०० रुपैयाँ निकासा गरिएको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रियसभाको निर्वाचनको एकीन खर्च यही महिनाभित्र प्राप्त हुने बताए । निर्वाचनको सुरक्षा निकायका लागि छुट्टै खर्चको व्यवस्थापन गरिएको छैन । नियमित सुरक्षा व्यवस्थाअनुसार सुरक्षा आवश्यक प्रबन्ध मिलाइने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
पर्यटकीय गाउँ सिक्लेस र मनोरम दृश्य
पुष ५, २०८१ शुक्रबार
केही प्रसारण लाइन मर्मत गर्न विद्युत कटौती गर्नुपरेको हो, लोडसेडिङ गरेको होइनः घिसिङ
पुष ५, २०८१ शुक्रबार
नौ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण
पुष ५, २०८१ शुक्रबार
बक्सिङ डे टेस्टमा भारतको रेकर्ड कस्तो रह्यो ?
पुष ५, २०८१ शुक्रबार
युक्रेन सम्झौताका लागि ट्रम्पलाई भेट्न पुटिन तयार
पुष ५, २०८१ शुक्रबार
भारतमा ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु, ३५ घाइते
पुष ५, २०८१ शुक्रबार