डिल्लीबजार कारागार पुग्ने आगन्तुकको गुनासोः समान राख्ने लकर नै लक हुन्न, प्रहरीले हेर्नै मान्दैन
नेपालबहस संवाददाता
माघ ३, २०८० बुधबार १७:५२:३०
३ माघ, काठमाडाैं । अपराध गरेवापत कैद तोकिएका कैदी बस्ने सरकारी बासस्थानलाई कारागार भनिन्छ । पछिल्लो समय त्यसलाई सुधारगृह पनि भन्ने चलन छ । तर, कुनै पनि कारागारमा बसेका कैदी त्यहाँबाट निस्कँदासम्म सुधारिएर होइन, बरु झन् ठूला अपराध गर्ने योजना सिकेर निस्कने गरेको पाइन्छ । प्रहरीले गरेको अनुसन्धानले पनि त्यही जनाउँछ ।
त्यसमा कारागार कार्यालय डिल्लीबजारका थुनुवाको पनि उही हालत हो । तर, कैद बसिहाल्नु पर्यो भने डिल्लीबजार कारागार रोज्ने चलन व्यापक छ । किन की, त्यहाँको भेटघाट अन्यत्रको भन्दा सहज छ । अनि भेटघाटका लागि समयको पावन्दी पनि छैन ।
कैदी भेट्न जाँदा त्यहाँको सुरक्षा चेकजाँच पनि अन्यत्रको जस्तै 'फर्मालिटी' पूरा हुन्छ । कैदी भेटन जाँदा सुरक्षाकर्मीको अनुमति बिना साथमा केही पनि लान त पाइँदैन । त्यतिसम्म ठीक हो । तर, साथमा लैजान नपाइने भएपछि त्यस्तो सामानको राख्ने व्यवस्था पनि गरिदिनु पर्ने । हिजोआज पर्स, मोबाइल, कलम नबोक्ने कमै हुन्छन् । त्यो समान समेत भित्र 'एलाउ' छैन । हुन त १८ वटा छुट्टाछुट्टै चावी लगाउने स-साना लकर भएको एउटा ठूलो दराज त्यहाँ राखिएको छ ।
तर, अधिकांश लकर बन्द हुन्न, भैहाले अर्को चावीले पनि खुल्छ । प्रहरीसँग कम्प्लेन गर्यो भने:- त्यो हाम्रो काम होइन, कारागार प्रशासनलाई भन्नुस् भन्छ । कारागार प्रशासनमा गुनासो राख्यो चासो दिँदैन । बरु, प्रहरीले नजिकैको चमेना गृहतिर समान राख्ने संकेत गर्छ । चमेना गृहले समान एकैछिन हेरिदिएकै २० रूपैयाँ दस्तुर लिन्छ । अझै आगन्तुकले भित्र गएर माक्स लगाओस्-लगाओस् प्रहरीले बाहिरबाट माक्स नदेखाएसम्म भित्र छिर्नै दिन्न । बजारमा ५ रूपैयाँ पर्ने माक्स त्यहाँको चमेना गृहमा १० का दरले असुल गरिन्छ ।
नेपाल प्रहरीको अनाश्रित गुल्मले सुरक्षा दिएको डिल्लीबजार कारागारभित्र बाहिर कडै चेकजाँच गरिएजस्तो पार्न यदाकदा जुत्ता समेत खोल्न लगाइन्छ तर, जेलभित्र भने खैनी सुर्ती, चुरोट, गुट्खा पनि सहजै किन्न पाइन्छ ।
कम्तीमा आगन्तुकको सजिलोका लागि भैरहेको लकरको उचित व्यवस्थापन वा साथमा लगेको मोवाइल पर्स हेरिदिनेसम्म व्यवस्था हुनै पर्ने देखिन्छ । माक्स र समान राख्ने नाममा चमेना गृहको व्यवसाय बढाइदिने तर्फ प्रहरी र कारागार प्रशासनको ध्यान नजाँदा उचित हुन्थ्यो कि ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार