चितवनमा ज्यान मार्ने धम्की दिई १५ लाख फिरौती माग गर्ने ३ जना पक्राउ
नेपालबहस संवाददाता
माघ ३, २०८० बिहिबार ०:२:३९
३ माघ, चितवन । चितवनमा ज्यान मार्ने धम्की दिई १५ लाख फिरौती माग गर्ने ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका वडा नं २१ बस्ने २७ वर्षीय सरोज सुनार, वडा नं १ बस्ने २६ वर्षीय दीपक बि.क र वडा नं २६ बस्ने २५ वर्षीय सागर बि।क रहेका छन् ।
उनीहरूले गत पुस २८ गते रुपन्देही असुरैना वडा नं ३ घर भई हाल भरतपुर महानगरपालिका वडा न १ मा व्यवसाय गरी बस्ने करन गुप्तालाई बारम्बार अपरिचित एनसेलको विभिन्न नम्बरबाट फोन गरी १५ लाख रकम फिरौती माग गरेको र यदि नदिएमा सुट गरी मार्ने धम्की दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
रकम फिरौती र ज्यान मार्ने धम्की पटक पटक दिनरात दिएको भनी निवेदन प्राप्त हुनासाथ तत्काल प्रहरी निरीक्षक उमाशंकर प्रसाद शाहको कमान्डमा विशेष प्रहरी टोली परिचालित गरी विभिन्न प्रविधि को प्रयोग तथा सूचना सङ्कलन तथा शङ्कित व्यक्तिको निगरानी गरी धाक धम्की दिई रकम माग गर्ने व्यक्ति तथा सो कार्यमा संलग्न मानिसहरूको पहिचान तथा खोजतलास गर्ने क्रममा उनीहरूलाई मङ्गलवार भरतपुर महानगरपालिका स्थित विभिन्न स्थानबाट माग बमोजिमको फिरौती रकम लिन आएको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई चितवन जिल्ला अदालतबाट आपराधिक षड्यन्त्र मुद्दा शीर्षकमा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
धरानमा सङ्गीत जात्रा महोत्सव सुरु
पुष ८, २०८१ सोमबार