प्रधानमन्त्री कपमा आज तीन खेल हुँदै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ ४, २०८० बिहिबार ९:२८:३८
![](https://nepalbahas.prixacdn.net/media/albums/pm_cV4XJASZlG_2CAnuxmNWb.jpg)
४ माघ, काठमाडौं । जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदै छन् । आज भैरहवामा गण्डकी प्रदेश र सुदूरपश्चिम आमने सामने हुँदै छन् ।
अहिलेसम्म गण्डकी प्रदेशले खेलेका दुवै खेलमा हार बेहोरेको छ र प्रतियोगितामा पहिलो जितको खोजीमा रहेको छ । त्यस्तै सुदूरपश्चिमले भने आफ्ना दुवै खेल जितेर प्रतियोगितामा शानदार शुरुवात गरेको छ ।
त्यस्तै आज अर्को खेल टियु मैदानमा एपीएफ क्लब र मधेश प्रदेशबीच हुँदै छ । एपीएफले आफ्ना दुवै खेल जितेर अहिले अंक तालिकामा शिर्ष स्थानमा छ भने मधेश प्रदेशले आफ्ना ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।
त्यसैगरी आज तेस्रो खेल मुलपानी क्रिकेट मैदानमा कोशी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच हुदै छ । कोशी प्रदेशले आफ्ना तिनै खेलमा हार बेहोरेर जारी प्रतियोगितामा खराब शुरुवात गरेको छ भने आर्मीले आफ्ना २ खेलमा एक जित एक हार बेहोरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपच्याम्पियन्स ट्रफी खेलको टिकट कसरी र कहाँबाट किन्ने ?
फागुन ६, २०८१ मंगलबार
च्याम्पियन्स ट्रफी अगाडि भारतलाई ठूलो झट्का, स्टार खेलाडी घाइते !
फागुन ५, २०८१ सोमबार
आईसीसी च्याम्पियन्स ट्रफी सुरु हुनुभन्दा अघि कराँचीको रंगशालाबाट भारतीय झण्डा गायब !
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
अर्थ मन्त्रालयले १९ अर्ब बराबरको स्रोत सहमति दिएपछि हुने भयो २६ आयोजनाको पुनर्निर्माण
फागुन ६, २०८१ मंगलबार
कम्बोडियाको संसद्मा खमेर रूज नरसंहार अस्वीकार विरुद्ध कानून पारित
फागुन ६, २०८१ मंगलबार
अमेरिकासँग आर्थिक वार्तामा प्रगति हुने मस्कोको अपेक्षा
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
प्रकृतिका बुवा भन्छन् : मैले छोरी गुमाए, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्
फागुन ६, २०८१ मंगलबार