रोमाञ्चक डबल सुपर ओभरमा भारत विजयी
नेपालबहस संवाददाता
माघ ४, २०८० बिहिबार ९:३१:१३
४ माघ, काठमाडौं । भारतले अफगानिस्तानविरुद्धको टी-२० सिरिज क्लिन स्वीप गरेको छ । भारतले सिरिजको तेस्रो खेल दोस्रो सुपर ओभरमा जितेर सिरिजमा क्लीन स्वीप गरेको हो ।
बैंगलोरमा भएको खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २१२ रन बनाएको थियो । जसमा कप्तान रोहित शर्माले अविजित १२१ रनको इनिङ खेलेका थिए भने रिंकु सिंहले अविजित ६९ रन बनाएका थिए । जवाफमा अफगानिस्तानले पनि २० ओभरमा ६ विकेट गुमाएर २१२ रन बनाएको थियो ।
पहिलो सुपर ओभरमा अफगानिस्तानले भारतलाई जितका लागि १७ रनको लक्ष्य दिएको थियो भने भारतीय टोलीले १६ रन बनाएको थियो । यस्तो अवस्थामा पहिलो सुपर ओभर बराबरीमा सकिएको थियो । यस्तो अवस्थामा दोस्रो सुपर ओभरमा बिजेताको निर्णय भयो ।
जसमा भारतले अफगानिस्तानलाई १२ रनको लक्ष्य दिएको थियो तर अफगानिस्तानले एक रनमा दुई विकेट गुमाएपछि भारत विजयी भएको थियो । यसरी रोमाञ्चक खेलमा भारत विजयी भएको छ । यो जितसँगै भारतले ३ खेलको टी–२० सिरिज ३–० ले जितेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु
मंसिर ११, २०८१ मंगलबार
प्रहरीले दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गरायो
मंसिर ११, २०८१ मंगलबार
भक्तपुरमा राजश्व संकलन गत वर्षभन्दा राम्रो
मंसिर ११, २०८१ मंगलबार
आरबीआईका गभर्नर शक्तिकान्त दास अस्पताल भर्ना
मंसिर ११, २०८१ मंगलबार
बक्यौता रकम नपाएसम्म लिग नखेल्ने 'बी' डिभिजन क्लबको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
कन्ताराः च्याप्टर-१ को सुटिङ बस दुर्घटनाग्रस्त, २० जना घाइते
मंसिर ११, २०८१ मंगलबार