अध्यायनका लागि क्यानडा पुगेका विद्यार्थीलाई एनआरएनएको पहलमा उद्धार गरि नेपाल पठाइयो

नेपालबहस संवाददाता
माघ ४, २०८० बिहिबार १२:३६:४८

♦ शिशिर सिंखडा
४ माघ, टोरण्टो । पढ्नका लागि क्यानडा पुगेका भैरहवाका एक विद्यार्थीलाई एनआरएनए क्यानडाको पहलमा उद्धार गरि नेपाल पठाइएको छ । सिद्धार्थनगर नगरपालिका वडा नं.८, बुद्ध पथ, भैरहवाका २३ बर्षिय साहिल श्रेष्ठलाई आइतबार उद्धार गरि नेपाल पठाइएको हो ।
पढ्न आएका श्रेष्ठले पढाईको अतिरिक्त आफूले सोचे जस्तो काम नपाए पछि डिप्रेसनमा पर्दै गएका थिए । करिब १ वर्ष अगाडि सफ्टवेयर टेक्नोलोजी विषय पढ्न सेन्टेनियल कलेज, स्कारब्रो, टोरण्टो आएका श्रेष्ठ डिप्रेसनमा पर्दै गएको उनीसँगै कोठामा बस्ने साथी सागर मानन्धरले जानकारी दिए । शुरूवातमा उनको व्यवहार राम्रो भएपनि पछि उनी डिप्रेसनमा पर्दै गएको उनले बताए ।
उनले कोठा भाडासमेत तिर्न नसकेर समस्यामा परेको थाहा पाएसँगै एनआरएनए क्यानडाका कार्यसमिति सदस्य कमल ज्ञवालीले आइतबार दिउँसो ४ बजे श्रेष्ठको उद्धार गरेका थिए । एनआरएनए क्यानडाका कार्य समिति सदस्य ज्ञवालीले नेपालमा श्रेष्ठको परिवारलाई सम्पर्क गरि हिजो नेपाल पठाएका थिए । कतार एयरवेज मार्फत उनी आज बुधबार बिहान काठमाडौं पुगेको ज्ञवालीले जानकारी दिए । श्रेष्ठको उद्धार गर्नको लागि क्यानडामा रहेका अजय कार्कीको सहयोग रहेको ज्ञवालीले बताए ।
क्यानडा प्रहरीले श्रेष्ठलाई बेवारिसे अवस्थामा भेटेर सिबिक हस्पिटल, ब्राम्पटन पुर्याएको जानकारी पाए लगत्तै ज्ञवालीले उनको उद्धार गरि नेपाल पठाउन सफल भएको बताए । उनी आज बिहान ९ बजे नेपाल पुगेको र एयरपोर्टबाट उनको परिवारजनले भेटेर जिम्मा लिएको ज्ञवालीले जानकारी दिए ।
क्यानडामा विद्यार्थीले काम पाउन मुस्किल छ– एनआरएनए क्यानडा
“क्यानाडामा अहिले नेपाली नयाँ विद्यार्थीहरूको अवस्था अन्त्यन्तै भयावह छ । तपाई हामीले सोचेको भन्दा पनि धेरै“ , एनआरएनए क्यानडाका सदस्य कमल ज्ञवालीले भने । कलिला साना साना भाइ बहिनीहरू जसले नेपाल हुँदा खाना सम्म बनाउन परेन ।
एउटा ठूलो सपना बोकेर नेपाल छोडी आएका छन । यहाँ आइसके पछि एकातिर कोठा भाडा, खानाको समस्या, कामको समस्या अर्को तिर नेपालबाट करिब २५ लाख रूपैयाँको ऋणको बोझ । बाबु आमाले बिहानै बेलुकी सोध्ने प्रश्न “काम पाइस् कि नाई”अर्को तिर कलेजको फी तिर्नुपर्ने दिन नजिकिदै गर्दा क्यानडा आएका कतै तपाई हाम्रा छोरा छोरी भाइ बहिनी भान्जा भान्जी टाउको भरि येत्रो समस्या बोकेर हिँड्दा मानसिक समस्या मा त छैनन् ? उनिहरु लाई खाना खायो कि खाएन , पढाईको कत्तिको प्रेसर छ भन्ने सोध्ने गरौ जागिर को तनाब नदिँउ, जागिर पाए पछि गर्छन उनीहरुलाई झनै पिर छ आफ्नो भविष्यको, ज्ञवालीले भने ।
एनआरएनए क्यानडाका अध्यक्ष माधव दुलालले विद्यार्थीहरूका लागी क्यानडामा काम पाउन मुस्किल हुँदै गएको बताए । विद्यार्थी श्रेष्ठको समस्याबारे जानकारी हुनासाथ हामीले तत्कालै हाम्रा सदस्य कमल ज्ञवाली मार्फत उद्धारको पहल गरेका हौं, उनले बताए । क्यानडामा विद्यार्थीलाई पूरा समय काम गर्ने अनुमति छैन, हप्ताको २० घण्टामात्रै काम गर्न पाउने यहाँको सरकारी नियम छ, उनले भने ।
काम दिने कम्पनी अथवा संस्थाले पनि विद्यार्थीलाई काम दिन असाध्यै गाह्रो मान्छन्, पढाईको अतिरिक्त काम पाउन र गर्न पनि त्यतिकै गाह्रो छ अध्यक्ष दुलालले भने । करिब ५ महिना त यहाँ हिउँ पर्ने गर्दछ । समर सिजनमा केही काम पाउन सहज भएपनि क्यानडामा अन्तर्राष्ट्रिय विद्यार्थीको चाप दिनदिनै बढेको कारण अभिभावकले विद्यार्थीलाई कामको र पैसा कमाउने प्रेसर नदिन अनुरोध समेत गरेका छन ।
यहाँको पढाइ सकेपछि भने विद्यार्थीले पढेअनुसार काम पाउन भने सजिलो रहेको एनआरएनए क्यानडाका अध्यक्ष दुलालले बताए । हामीले हरेक सिटी र प्रोभिन्समा रहेका एनआरएनएका कार्यसमिति तथा अग्रज साथीहरूलाई नेपाली विद्यार्थीहरूको समस्यामा साथ दिन र सक्दो पहलको लागि अनुरोध समेत गरिरहेका छौँ, उनले भने । बढ्दो विद्यार्थीको चापले काम पाउन कठिन भएको अध्यक्ष दुलालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिड्नीमा नेपाल झल्कने तस्बिर प्रदर्शनी
माघ २२, २०८१ मंगलबार
आगामी वैशाखमा एनआरएनएको दशौँ एकता महाधिवेशन काठमाडौंमा हुने
माघ १४, २०८१ सोमबार
सोनाम लामाको अध्यक्षतामा यूएनडीओको अन्तर्राष्ट्रिय कार्य समिति गठन
माघ १४, २०८१ सोमबार
तरबारले केक काट्दा सात गुन्डा पुगे प्रहरी खोरमा
माघ २४, २०८१ बिहिबार
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा मकुना हात्तीको मृत्यु
माघ २४, २०८१ बिहिबार
कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
राष्ट्रसंघीय मानवअधिकार परिषदबाट इजरायल अलग
माघ २४, २०८१ बिहिबार
आहा ! रारा पोखरा गोल्डकप : चर्च व्वाइज क्वाटरफाइनलमा
माघ २४, २०८१ बिहिबार
बुढासुब्बा गोल्डकप: एनआरटी फाइनलमा
माघ २४, २०८१ बिहिबार
बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग
माघ २४, २०८१ बिहिबार
'मकुना' हात्तीको मृत्यु प्रकरणमा सरकारले बनायो छानबिन समिति
माघ २४, २०८१ बिहिबार