गृह सचिवको घर्रामा सशस्त्रका १६ सई बढुवाको फाइल पेण्डिङमा, १८ वर्षदेखि एउटै पदमा कार्यरत
नेपालबहस संवाददाता
माघ ४, २०८० बिहिबार १३:२१:२०
४ माघ, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले यही माघ ९ गते वार्षिक उत्सव मनाउँदै छ । वार्षिक उत्सवमा प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले संगठनमा कार्यरत कर्मचारीका लागि नयाँ नयाँ कार्यक्रम पनि घोषणा गर्ने योजना बनाएका छन् । ती योजनालाई संगठनमा क्रियाशील रहेका प्रहरी कर्मचारीले सकारात्मक रुपमा लिने अपेक्षा सशस्त्र प्रहरी बलले गरेको हुनसक्छ ।
तर संगठनभित्र एउटा पक्ष अहिलेसम्म अन्यायमा परेको विषय भने ओझेलमा छ । २०६० साल फागुन १९ मा सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा भर्ना भएको टोली मध्ये १६ जना १८ वर्षदेखि एउटै पदमा कार्यरत छन् । उनीहरू २०६३ फागुन १० र २०६४ असार १ मा बढुवा भएका १६ जना सशस्त्र प्रहरी नायव निरीक्षकहरूको बढुवा अहिलेसम्म हुन सकेको छैन । सशस्त्र प्रहरीको लेखा फाँटमा कार्यरत उनीहरूको अहिलेसम्म बढुवा हुन नसकेको हाे ।
सशस्त्र प्रहरी मुख्यालयले बढुवाका लागि गृहमन्त्रालयमा फाइल पठाइसकेको छ । तर आफ्नो वार्षिक उत्सवमा उनीहरूका लागि खुशी बाँड्न सकेको छैन । गृहसचिव दिनेश भट्टराईको घर्रामा उनीहरूको बढुवा सम्बन्धी फाइल अड्केर बसेको छ । गृहसचिव भट्टराई घर्रामा फाइल अड्काउँदा प्रहरी महानिरीक्षक राजु अर्यालले वार्षिक उत्सवमा मनाउँदै गर्दा उनीहरूका लागि काँधमा फूली थप्न नसक्ने अवस्था सिर्जना भएको हो ।
सिसं ४ बाट सशस्त्र प्रहरी सहायक निरीक्षक टोलीबाट सेवा प्रवेश गरी ०६३ फागुन १० र ०६४ असार १ गते गरी ८४ जना १९ महिना अघि नै बढुवा भइसकेका र पछिल्लाे ब्याज सशस्त्र प्रहरी सहायक निरीक्षक भर्ना भइ सिसं ५ का ७३ जना ३ महिना अघि नै बढुवा समेत भइसक्दा ०६० सालमा भर्ना भएका १६ जना भने अझै सईमा बसेका छन् । सशस्त्र प्रहरी बलले गत असोजमा उनीहरूको बढुवा लागि गृहमन्त्रालयमा लेखि पठाएको थियो । तर मन्त्रालयका सचिव भट्टराईले यो प्रकृयालाई अघि बढाउन चाहेका छैनन् ।
उनीहरूको फाइल सदर नभएपछि सशस्त्र प्रहरी बलले मन्त्रालयका सचिव भट्टराई पुनः सम्झाएको छ । ‘मर्कामा परेका सशस्त्र प्रहरी नायव निरीक्षकहरूको समस्यालाई ह्दयगम गरी सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालय हल्चोकबाट अन्य समूह सरह हुने गरी साधारण समूह अन्तर्गत लेखा उपसमूह समेतको सई पदबाट सप्रनि (इन्स्पेक्टर) पदमा बढुवा हुन विद्यमान ऐन नियममा भएको व्यवस्था अनुसार खुला प्रतिस्पर्धाबाट ७५ प्रतिशत र आन्तरिक बढुवा बाट २५ प्रतिशत हुने विभेदकारी व्यवस्था भएबाट निजहरुको वृत्ति विकास प्रभावित हुने र लामो समयसम्म एउटै पदमा बस्नुपर्ने वाध्यतालाई हटाउन संगठनको नीति च.नं १०८६ मिति २०८० असाेज १२ गतेको पत्रद्वारा मजकुर गृह मन्त्रालयमा अन्य समूह सरह खुलाबाट ६० र आन्तरिकबाट ४० प्रतिशत बढुवा कायम हुने गरी नियमावली संशोधनको लागि पठाइ सकिएको भएतापनि मजकुर गृह मन्त्रालयको कानुन महाशाखाको राय सुझाव प्रस्ताव अनुसार मजकुर गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखाबाट टिप्पणी उठान गरी श्रीमान गृहसचिव समक्ष पेश भएकोमा ३ महिनासम्म सो फाइल श्रीमान सचिव ज्यूकाे घर्रामा पेण्डिङमा रहेको सशस्त्र प्रहरी बल स्राेतले उल्लेख गरेकाे छ ।
फाइल गृहसचिवकै घर्राबाट बाहिर निकाल्न सशस्त्र प्रहरीले पटक पटक पत्राचार गरेको भएपनि अहिले पनि सदर हुन सकेको छैन । अहिले कै प्रावधान कायम रहेमा बढुवा हुन बाँकी रहेका लेखा उपसमूहका १६ जना सई अझै १० वर्ष बढुवा नहुने र अबको १० वर्षपछि उनीहरू अनिवार्य अवकाश जाने भएकाले अन्यायमा परेको विषयमा गृहमन्त्रालय अझै सजग नभएकाले उनीहरूको वृत्ति विकासमा असर परेको हाे । ‘गृहसचिवले सो फाइल अघि बढाएमा हाम्रो बढुवा तुरुन्तै हुन्थ्यो, १७–१८ वर्षसम्म एउटै पदमा बसेर काम गर्नु परेको दुख मात्र होइन, आफूहरू भन्दा दुई ब्याज जुनियरहरूको समेत बढुवा भइसक्दा आफूहरू खुम्चिएर बस्नु परेको पीडा रहेको छ, यसले काम गर्ने मनोबल समेत खुम्चिएको छ’, सशस्त्र प्रहरी बलमा पीडित एक सईले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
सीमापार अपराध र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्न भारतको प्रस्ताव
मंसिर २, २०८१ आइतबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार