मेयर हर्क साम्पाङ्गको उपस्थितिमा फिल्म 'चारदाम' को च्यारिटी शो सम्पन्न
नेपालबहस संवाददाता
माघ ४, २०८० बिहिबार १३:७:३२
४ माघ, इटहरी । धरानमा स्थापना गर्न लागिएको सुम्निमा पारुहाङको प्रतिमा सहयोगार्थ फिल्म 'चारदाम' को विशेष च्यारिटी शो गरिने भएको छ । धरानस्थित फ्रेन्ड्स सिनेमामा 'चारदाम'को यही माघ ६ गते शनिबारका दिन विशेष च्यारिटी शो गरिने फिल्मका लेखक, निर्देशक तथा कलाकार लाखमान योन्जन तामाङले जानकारी गराए ।
धरानका नगरप्रमुख हर्क साम्पाङको प्रमुख आतिथ्यतामा 'चारदाम' फिल्म मध्याह्न १२ बजे प्रदर्शक गरिने निर्माण युनिटको तयारी छ । यो शोबाट उठेको रकमबाट खर्च कटाएर सुम्निमा पारुहाङको प्रतिमा निर्माण सहयोग स्वरूप हस्तान्तरण गरिने बताइएको छ ।
यस्तै केही अघि चारदाम युनिट धरानका नगरप्रमुख हर्क साम्पाङसहित वाटर रिजर्भ ट्यांकी फुस्रेमा भएको श्रमदानमा समेत सहभागी भएको थियो । यो फिल्मको यसअघि इटहरी, चक्रघट्टि र पोखरामा सफल रुपमा विशेष शो सम्पन्न गरिएको छ ।
कोशी भिजन फिल्म प्रालिको ब्यानरमा तामाङ जातिको लोप हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्ने उद्देश्यसहित निर्माण गरिएको फिल्म 'चारदाम'को मोहन लोप्चन तामाङ प्रस्तुतकर्ता हुन् । चारदाम फिल्ममा लाखमान योन्जन तामाङको लेखन, निर्माण, अभिनय तथा निर्देशन रहेको छ ।
भोजपुर र सुनसरीको विभिन्न स्थानमा छायांकन गरिएको यो फिल्म 'चारदाम'मा लाखमान योन्जन तामाङको अलावा सुकुमाया मोक्तान तामाङ, सुवास योन्जन तामाङ, मदन राई, शान्ति पाख्रिन, पुर्ण लिम्बू, मोहन लोप्चन, मेनुका राई, डम्बर कुमारी लिम्बू, कान्छा लामा, बाल कलाकार सुम्निमा तामाङ लगायत कलाकारहरूको अभिनय रहेको छ ।
फिल्मलाई मैना घिसिङ, मदन बहादुर राई, पुर्ण लिम्बू, वर्षा राजभण्डारी तामाङले निर्माण गरेका हुन् । यो फिल्ममा दीपक लिम्बू, मुना ठटाल, पुर्ण लिम्बू, जोनि तामाङ र पदम ग्यावाले गीत गाएका छन् भने प्रेम कृष्ण बजगाई, जोनि योन्जनले संगीत गरेको गीतमा बजगाई, निर्देशक लाखमान र पुर्ण लिम्बुको शब्द समावेश गरिएको छ । गीतहरूमा एरेन्ज राजु कार्की र जोनी तामाङले गरेका छन् । चारदाम फिल्ममा सुमन तामाङको छायांकन तथा हेमन तामाङको सम्पादन रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपलले सार्वजनिक गरे वृद्ध उमेरमा प्रहरी मुठभेडको तस्विर
जेठ ८, २०८१ मंगलबार
चर्चित कथा वाचक साइग्रेसको कथा 'अधुरो प्रेम'मा चलचित्र बन्दै
जेठ ७, २०८१ सोमबार
प्रदीप खड्का : रोमान्टिक हिरोबाट ‘पुजार सार्की’को मैतबहादुरसम्म
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
कोलकोता आइपिएलको फाइनलमा
जेठ ९, २०८१ बुधबार
कैलाश सिरोहियालाई आजै अदालतमा पेश गरिने
जेठ ९, २०८१ बुधबार
क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम
जेठ ९, २०८१ बुधबार
जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै
जेठ ९, २०८१ बुधबार
कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बस्दै
जेठ ९, २०८१ बुधबार