कोशीमाथि आर्मी ९ विकेटले विजयी
नेपालबहस संवाददाता
माघ ४, २०८० बिहिबार १३:२१:२८
४ माघ, काठमाडौं । त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई ९ विकेटले पराजित गरेको छ । जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले दिएको ८९ रनको लक्ष्य पछाएको त्रिभुवन आर्मी क्लबले ९.५ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।
आर्मीको जितमा इमरान सेख र सन्तोष कार्कीले ३२-३२ रन बनाएका थिए भने कुशल मल्लले २२ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोशी प्रदेशले २४.४ ओभरमा अल आउट हुँदै ८८ रन बनाएको थियो । कोशीका लागि कप्तान अंकित सुबेदीले सर्वाधिक ४१ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।
कोशीलाई कम रनमा अल औअत गर्ने क्रममा आर्मीका बलर शाहाब आलमले ६ विकेट लिएका थिए । आलमले ६.४ ओभरमा ३ मेडनसहित १४ रन दिएर ६ विकेट लिएका थिए ।
त्यस्तै कुशल मल्लले २ तथा सोमपाल कामी र विवेक यादवले एक एक विकेट लिएका थिए । योसँगै आर्मीले जारी प्रतियोगितामा तेस्रो खेलमा दोस्रो जित हासिल गरेको छ । त्यस्तै कोशी प्रदेशले भने लगातार चौथो हार बेहोरेको छ ।
अब कोशी प्रदेशले अर्को खेल शुक्रबार बागमती प्रदेशसँग टियु मैदानमा खेल्ने छ भने आर्मीले आइतबार नेपाल पुलिस क्लबसँग भैरहवामा खेल्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन
मंसिर ११, २०८१ मंगलबार
इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु
मंसिर ११, २०८१ मंगलबार
प्रहरीले दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गरायो
मंसिर ११, २०८१ मंगलबार
भक्तपुरमा राजश्व संकलन गत वर्षभन्दा राम्रो
मंसिर ११, २०८१ मंगलबार
आरबीआईका गभर्नर शक्तिकान्त दास अस्पताल भर्ना
मंसिर ११, २०८१ मंगलबार