‘अगस्त्य’को दर्शकलाई नयाँ सरप्राइज
नेपालबहस संवाददाता
माघ ४, २०८० बिहिबार १३:२६:४७
४ माघ, काठमाडौं । फिल्म ‘अगस्त्य’ को टिमले दर्शकलाई नयाँ सरप्राइज दिएको छ । यो फिल्ममा मुख्य कलाकारको रुपमा सौगात मल्ल, नाजिर हुसेन र मलिका महत रहेको भन्दै प्रचार गरिएको थियो । तर, फिल्ममा निर्देशक तथा कलाकार निश्चल बस्नेतको पनि मुख्य भूमिका रहेको भन्दै उनको लुक्स सार्वजनिक गरिएको छ ।
फिल्म ‘दिमाग खराब’मा समेत आफ्नो सरप्राइज भूमिकाले निश्चलले दर्शकलाई मनोरञ्जन दिएका थिए । अब, फागुनको १८ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘अगस्त्य’मा पनि उनको महत्वपूर्ण भूमिका रहेको खुलेको हो ।
सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्म भित्र अन्य थुप्रै सरप्राइजहरु रहेको निर्माणपक्षले बताएको छ । निर्माणपक्षले निश्चलको गेटअप सार्वजनिक गरेपछि दर्शकको उत्साह अझै बढ्ने निश्चित छ ।
यो फिल्ममा निश्चललाई ‘अजित’ पात्रको भूमिकामा देख्न सकिन्छ । फिल्ममा प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झाको पनि मुख्य भूमिका छ ।
डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ । फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपलले सार्वजनिक गरे वृद्ध उमेरमा प्रहरी मुठभेडको तस्विर
जेठ ८, २०८१ मंगलबार
चर्चित कथा वाचक साइग्रेसको कथा 'अधुरो प्रेम'मा चलचित्र बन्दै
जेठ ७, २०८१ सोमबार
प्रदीप खड्का : रोमान्टिक हिरोबाट ‘पुजार सार्की’को मैतबहादुरसम्म
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार