गाउँको विकासले दङ्ग छन् पश्चिम दाङका जनता
नेपालबहस संवाददाता
माघ ४, २०८० बिहिबार १४:१९:३६
४ माघ, दाङ । पश्चिम दाङलाई जिल्लाको विकट क्षेत्रका रुपमा लिइन्छ । त्यसलाई दाङको ‘कर्णाली’ भनेर चिनाइन्छ । विकासको दृष्टिकोणले पछि परेको त्यो ठाउँमा अहिले भने धमाधम विकास निर्माणको काम भइरहेको छ । दाङको पश्चिम क्षेत्रमा पर्ने बबई गाउँपालिकामा सडक, ढल निकास, खानेपानी, सिँचाइलगायत पूर्वाधारका काम भइरहेका छन् ।
विगतमा खानेपानीको समस्या भएको बबई गाउँपालिकाको जलुके, हुरुमका लागि सिँचाइ र खानेपानीको काम भइरहेको छ । प्रदेश सरकारले सिँचाइका लागि रु १० लाख र खानेपानीका लागि रु २० लाख बजेट विनियोजन गरेपछि काम अघिबढेको हो । “हामीलाई खानेपानीको निकै समस्या छ, धेरैपटक माग गयौँ, अहिले बजेट परेको छ”, जलुके निवासी रतिराम विकले भने, “यो काम पूरा भएपछि हामीलाई धेरै सहज हुनेछ ।”
ढल निर्माण भएको लामो समयसम्म पनि कालोपत्र हुन नसकेको आदर्श नगर हापुरे टोलमा अहिले कालोपत्रको काम अघि बढेको छ । प्रदेश सरकारको रु एक करोड ३० लाख बजेटमा सोही ठाउँमा सडक कालोपत्र भइरहेको छ । बबई–५ स्थित रोल्पालीतरा–जिरायत कुलो निर्माणको काम पनि जारी छ । सोही वडाको सिमगैरा–पल्लोतरा सिँचाइ योजनाका रु १० लाख विनियोजन भई काम अघि बढेको छ ।
आनन्द नगर टोलमा ढल निर्माण भएको छ भने प्रगतिशील आधारभूत विद्यालयको भवन पनि धमाधम बनिरहेको छ । बबईको विकट क्षेत्र वडा नं १ को जिला, सिमलकुना जोड्ने बबई नदीमा पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ ।
बबई गाउँपालिकाले पहिलो पटक सांसद र मन्त्री पाएको छ । लुम्बिनी प्रदेशको अर्थमन्त्रीमा धनबहादुर मास्कीले जिम्मेवारी पाएको छ । पश्चिम क्षेत्रको विकासमा आफू दत्तचित्त भएर लागेको उनले बताउँदै आएको छ । “पश्चिम क्षेत्र अब कर्णाली रहँदैन, विकट क्षेत्रमा पनि मेरो नजर परेको छ”, उनले भने, “सबै क्षेत्रको विकासका निम्ति बजेट विनियोजन गरेको छु ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
बुद्ध सर्किटमा मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययनमा सहयोग गर्न प्रस्ताव
कात्तिक २७, २०८१ मंगलबार
लुम्बिनी विकास कोषले पारित गर्यो साढे ७७ करोड बजेट
कात्तिक २७, २०८१ मंगलबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार
स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा
कात्तिक ३०, २०८१ शुक्रबार
चोरीका सुनको गरगहनासहित दुई जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
प्रतिलिटर ३ रुपैयाँले डिजेल र मट्टितेलको मूल्य बढ्यो
कात्तिक ३०, २०८१ शुक्रबार