नेपालमा विदेशी चलचित्रको छायाङ्कन
नेपालबहस संवाददाता
माघ ४, २०८० बिहिबार १५:१:२९
४ माघ, काठमाडाैं । कोदारी 'अरनिको' राजमार्ग र बाह्रबिसे आसपासको दृश्य झैँ देखिने स्थानको निर्माण 'सेट लगाएर' हलिउड चलचित्र ‘आइस रोड–२’ को छायाङ्कन अष्ट्रेलियाको भिक्टोरियास्थित वालहल्ला भन्ने ठाउँमा भइरहेको छ ।
उक्त स्थानको श्रव्यदृश्य सार्वजनिक भएसँगै नेपालको झल्को दिएको प्रतिक्रिया सामाजिक सञ्जालमा छन् । त्योभन्दा बढी उक्त चलचित्रका निर्माता, निर्देशकले ठाउँ नै निर्माण गर्न गरिने खर्चको सट्टा नेपाल आएर छायाङ्कन किन गरेनन् ? भन्ने छ । त्यहाँभन्दा नेपालमा वास्तविक दृश्य प्राप्त हुनुका साथै खर्च पनि कम हुन्छ । यसको जवाफ सम्बन्धित निकायसँग पनि छैन ।
रोजगारी सिर्जना गर्ने र आर्थिक गतिविधिलाई बढावा दिने भएकाले विश्वका अन्य देशले छायाङ्कनलाई आकर्षित गरिरहेको प्रोडक्सन म्यानेजर अरुण रेग्मीले बताए । उनले नेपालमा ‘उचाई’, ‘फर्जी’ जस्ता चलचित्र र वेब शृङ्खलामा काम गरिसकेका छन् ।
“उहाँहरूलाई चाहिने सहजता दिन हामीलाई सहज छैन । उनीहरूको कथाअनुसार देखाइनुपर्ने दृश्य र खिचिने सामग्रीका लागि कतिपय कानुनी झन्झट पनि छन्”, म्यानेजर रेग्मीले भने । उनले एकद्वार प्रणालीमार्फत विदेशी चलचित्रलाई दिइनुपर्ने इजाजत दिएमा विस्तारै विदेशी चलचित्र नेपालमा छायाङ्कनका लागि आउने बताए ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले देखिएका समस्या चलचित्र नीति बनेपछि समाधान हुने बताए। “विविध समस्या छन्, तर नीति म अभिनेता बन्नुभन्दा अगाडिको छ । त्यसैले अहिले देखिएका समस्या समाधान गर्दैन । त्यसैले चलचित्र नीति चाँडै बन्नेछ”, बोर्ड अध्यक्ष केसीले भने ।
सन् १९७२ मा भारतीय अभिनेता देवानन्द र जिनत अमामको चलचित्र ‘हरे रामा हरे कृष्णा’को छायाङ्कन काठमाडौंमा गरिएको थियो । त्यसयता ‘महान’, ‘युद्ध’, ‘खुदा गवा’, ‘बेकाबू’, ‘घरवाली बाहारवाली’, ‘लव इन नेपाल’, ‘बेबी’, ‘दिल धड्क धड्क’, ‘द गोल्डेन चाइल्ड’, ‘बाराका’, ‘लिटल बुद्ध’, ‘सेभेन इयर्स इन तिब्बत’, ‘द फल’, ‘रिर्टन्ड स् चाइल्ड सोल्जर्स अफ नेपाल्स माओइस्ट आर्मी’, ‘द वाइल्डेस्ट ड्रिम’, ‘बियोन्ड द एज’, ‘एभरेस्ट’ लगायतका चलचित्र छायाङ्कन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने
मंसिर २८, २०८१ शुक्रबार
देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
तेस्रो राष्ट्रिय फ्री—स्टाइल रोल्लर स्केट प्रतियोगिताका छनोटका खेल सम्पन्न
मंसिर २९, २०८१ शनिबार
नेपाल नर्सिङ संघको अध्यक्षमा चन्द्रकला शर्मा विजयी
मंसिर २९, २०८१ शनिबार
धादिङमा बस दुर्घटना, आठ जना घाइते
मंसिर २९, २०८१ शनिबार
जसपा नेपालले संगठन निर्माण अभियानलाई माघ मसान्तसम्म जारी राख्ने
मंसिर २९, २०८१ शनिबार
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ दोस्रो शृङ्खलाको निर्णायक घोषणा
मंसिर २९, २०८१ शनिबार
दुई सय छत्तिसजना परम्परागत बाजा गुरूहरूलाई नगदसहित सम्मान
मंसिर २९, २०८१ शनिबार