८४ अगाडि नै गठबन्धन भत्काउन आवश्यक छः ओली
नेपालबहस संवाददाता
माघ ४, २०८० बिहिबार १५:३६:२१
४ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ८४ को आम निर्वाचनभन्दा अगाडि नै अहिलेको सत्ता गठबन्धन भत्काउनुपर्ने बताएका छन् । पार्टीका नेता कार्यकर्तालाई हर सम्भव चाँडो गठबन्धन भत्काउने तिर लाग्न उनको आग्रह छ ।
बिहीबार पार्टीको खेलकुद संगठन खेलकुद महासंघको कार्यक्रममा उनले सरकार निकम्मा, भ्रष्टाचार, तस्कर र कमिसन खोरको संरक्षक भएकाले देश बर्बाद हुनबाट जोगाउन गठबन्धन भत्काउनेसम्म पहल गर्नुपर्ने बताए । उनले लोभीपापीहरुको गठबन्धन सहजै नभत्कने भएकाले देश जोगाउन पार्टीले सिठ्ठी बजाउने बित्तिकै कार्यकर्ताहरू आन्दोलनका लागि तयार रहनुपर्ने बताए ।
उनले भने, यस स्थितिमा मिसन ८४ पर्खिन नसक्ने अवस्था आउन सक्छ । देश बर्बाद हुन लाग्यो भने मिसन ८४ भनेर बस्ने अवस्था हुन्न । उस्तै पर्याे भने गठबन्धन भत्काएर लोभीपापीहरु नभत्किन सक्छन् । ओलीले अहिलेको गठबन्धन लोभीपापीहरुको मिलेमतो भएकाले यसलाई भत्काउन गाह्रो हुने भन्दै आन्दोलनबाट सरकार हटाउन प्रयास गर्ने आशय व्यक्त गरे ।
जनताको बलमा आन्दोलनमा उत्रिन पर्ने, देश बर्बाद हुन बाट जोगाउनुपर्ने हुन सक्छ, उनले भने पार्टीले सिठी बजाउँदा आन्दोलनमा पुग्ने गरी तयार हुन कार्यकर्ताहरूलाई निर्देशन दिए । ‘छोटो, ३ दिनको तयारीमा हामी राष्ट्रिय आन्दोलनमा उत्रिन पर्ने हुन सक्छ । उनीहरूले हामी माथि जस्तोसुकै प्रहार गर्न सक्छ’, ओलीले भने ।
ओलीले वर्तमान सत्ता गठबन्धनको गोत्र निकम्मा र जात देशद्रोही भएको आरोप लगाए । ओलीले गठबन्धनमा रहेका दल र नेताहरूको घाटी मात्रै नभएर सिङ्गै शरीर पनि जोडिएको बताए ।
‘यी एकै नस्लका हुन् । कमिसन तन्त्रका हुन् । यिनको गोत्र निकम्मा र जात देशद्रोही हो’, अध्यक्ष ओलीले भने, ‘त्यसकारण यी एकै ठाउँमा बस्छन् । त्यसकारण हामीले जनताका बलमा आन्दोलनमा उत्रनुपर्ने र देश बरबाद हुनबाट जोगाउनुपर्ने पनि हुनसक्छ ।’
अध्यक्ष ओलीले अहिले देश सबै क्षेत्रमा अप्ठेरो अवस्थामा रहेको भन्दै एमालेले वर्ग संघर्ष गरिरहेको बताए । ‘यसमा हामीले गर्व गर्न सक्नुपर्छ । किनभने हाम्रा विरोधीहरु एक्लै लड्ने भिड्ने आँट नै गर्दैनन् । हामीमात्रै एक्लै लड्छौ र लड्ने पनि’, अध्यक्ष ओलीले भने, ‘तर विरोधीहरुले स–साना जोडेर सरकार बनाएका छन् । त्यो कस्तो सरकार भने तरकारी बारीको बुख्याँचा जस्तो छ । केही गर्ने होइन त्यसले ।’
उनले अहिले गठबन्धनका टाउकोमा सुगा पनि बस्ने र काग पनि बस्ने भन्दै सबैले गठबन्धनलाई चिनिसकेको बताए । ‘सरकार निकम्मा । भ्रष्टाचार र कमिशनखोरी सरकारको संरक्षक छ । यस स्थितिमा हामीले मिसन ८४ पर्खन नसक्ने अवस्था पनि आउन सक्छ’, अध्यक्ष ओलीले भने, ‘देश बर्वाद हुन लाग्यो भने हामीले कहाँ मिसन ८४ को चुनाव भनेर पर्खेर हुन्छ ? उस्तै पर्यो भने हामीले यो गठबन्धन भत्काएर..।’
उनले लोभीपापीहरुको गठबन्धन सहजै नभत्कने भएकाले देश जोगाउन पार्टीले सिठ्ठी बजाउने बित्तिकै कार्यकर्ताहरू आन्दोलनका लागि तयार रहनुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार