बजेट घटाउन अर्थमन्त्रीले बनाए समिति, २ खर्ब घटाइने
नेपालबहस संवाददाता
माघ ४, २०८० बिहिबार १७:४४:१०
४ माघ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालू आर्थिक वर्षको बजेट घटाउन बजेट तथा कार्यक्रम महाशाखा प्रमुख उत्तरबहादुर खत्रीको संयोजकत्व एक समिति बनाएका छन् । उनले चालू वर्षका लागि १७ खर्ब ५१ अर्ब रूपैयाँको बजेट ल्याएका थिए । तर, बजेटले लिएको उद्देश्य अनुसार खर्च नभएपछि कुन कुन क्षेत्रबाट बजेट कटौती गर्ने भन्ने अनुसन्धान गर्न समिति बनाएका हुन् ।
अर्थमन्त्री महतले बजेटको अर्ध वार्षिक समीक्षा पनि गराएका छैनन् । बजेटको अर्ध वार्षिक समीक्षा सार्वजनिक गर्दा बजेटको आकार घटाइनेछ । पुस मसान्तसम्म ५ खर्ब १८ अर्ब मात्रै राजस्व संकलन भएपछि बजेटको आकार घटाउने दबावमा अर्थमन्त्री छन् ।
बजेटमा १४ खर्ब २२ अर्ब रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यअनुसार राजस्व संकलन नहुँदा ६ महिनामा ५ खर्ब ६६ अर्ब रूपैयाँ मात्रै खर्च भएको छ । पुस मसान्तसम्म सरकारी संचित कोष १ खर्ब ५० अर्बले घाटामा भएकाले बजेटको आकार घटाउनै पर्ने दवावमा अर्थमन्त्री छन् । १७ खर्ब ५१ अर्बको बजेट कार्यान्वयनमा समस्या छ ।
समितिले बजेट र कार्यक्रमको छानविन गर्ने छ । हाल सम्म कार्यान्वयन हुन नसकेका र ठेक्का प्रक्रिया सुरु नभएका कार्यक्रम कटौती गर्न अर्थमन्त्रीको निर्देशन छ । समितिले बजेटको संशाेधित आकार १५ खर्ब हाराहारीमा कायम गर्न पहल गर्नेछ ।
चालू आर्थिक वर्षमा राजस्वबाट संघीय सरकारले ११ अर्ब रूपैयाँ प्राप्त गर्ने, २ खर्ब ४० अर्ब आन्तरिक ऋण उठ्ने र १ खर्ब ५० अर्ब वैदेशिक ऋण तथा सहायताबाट प्राप्त हुने अनुमान गर्ने बजेटको आकार घटाउने अर्थमन्त्रीको जोड छ । बजेटको आकार करिब साढे २ खर्बले घटाउने बुझिएको छ ।
अर्ध वार्षिक मूल्यांकन प्रतिवेदन तयारीको समेत जिम्मा पाएको खत्री संयोजक रहेको समितिमा राष्ट्र बैंकका निर्देशक संजयप्रसाद मिश्र, महालेखा नियन्त्रण कार्यालयका उपमहालेखा नियन्त्रण रुद्र कुमार कार्की, राष्ट्रिय योजना आयोगको कार्यक्रम निर्देशक लक्ष्मी घिमिरे र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका उपसचिव मुकुन्द पोखरेल सदस्य छन् । समितिलाई कस्ता कार्यक्रम कटौती गर्ने र कस्ता कार्यक्रम कार्यान्वयन गर्ने भन्ने अध्ययन गर्ने जिम्मेवारी दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार
१८ अर्ब ६६ करोडको प्रतिबद्धता आएकोमा ५ अर्ब ७६ करोड मात्र भित्रियो एफडीआई
पुष १, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार