‘दयारानी’को टिजर सार्वजनिक, दया र दीयाको केमिस्ट्री गज्जब !
नेपालबहस संवाददाता
माघ ४, २०८० बिहिबार १८:२७:२४
४ माघ, काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भुमिका रहेको सिनेमा ‘दयारानी’को टिजर सार्वजनिक भएको छ । बिहीबार रिलिज गरिएको १ मिनेट ४६ सेकेण्ड लामो टिजरमा उनीहरु श्रीमान्– श्रीमतीका रुपमा रहेका छन् ।
सार्वजनिक टिजरमा निःसन्तान भएकाले दयालाई दोश्रो विवाह गर्न दीयाले प्रेरित गरेको देखाइएको छ । सो क्रममा दयाले दीयाको सो प्रस्ताव अस्वीकार गरेको देखाइएको छ भने अर्को एक दृश्यमा सालीसँग ठट्टा गरेको देखाइएको छ । हास्यप्रदानसँगै केही गम्भिरता प्रदान गरेको सिनेमाको यो टिजरले दर्शकलाई आकर्षित गर्ने देखिन्छ ।
‘मिस्टर झोले’मा पहिलो पटक एकसाथ काम गरेका दया र दीयाको जोडी यो सिनेमाबाट पुनस् पर्दामा एकसाथ आउँदैछन् । टिजरमा उनीहरुको केमिस्ट्री गज्जबको देखिएको छ । यस्तै, सालीको भूमिकामा रहेकी प्रमिसा गुरुङले बोलेको ‘ए हो र !’ भन्ने संवादले उनलाई राम्रैगरी नोटिस गराएको छ ।
सिनेमा माघ २६ गते रिलिज हुँदैछ । सिनेबजारमा चलेको चर्चा अनुसार सिनेमाले वक्सअफिसमा ‘जारी’ले जस्तैगरी अनपेक्षित व्यापार गर्ने अनुमान गरिएको छ । अभिनेता माओत्से गुरुङले यही सिनेमाबाट निर्देशनमा डेव्यु गरेका हुन् ।
बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । सिनेमामा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार पनि अभिनय छ ।
मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । सिनेमाको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् । सिनेमालाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनि टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपलले सार्वजनिक गरे वृद्ध उमेरमा प्रहरी मुठभेडको तस्विर
जेठ ८, २०८१ मंगलबार
चर्चित कथा वाचक साइग्रेसको कथा 'अधुरो प्रेम'मा चलचित्र बन्दै
जेठ ७, २०८१ सोमबार
प्रदीप खड्का : रोमान्टिक हिरोबाट ‘पुजार सार्की’को मैतबहादुरसम्म
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार