जितगढीमा आज विजयोत्सव कार्यक्रम, प्रधानमन्त्री ओली बुटवल जाँदै
इन्द्र रिजाल
बैशाख ७, २०७६ शनिबार १४:५७:५९
भरत केसी
बुटवल । उपमहानगरपालिका–१ मा रहेको ऐतिहासिक जितगढीमा मनाइने विजयोत्सव समारोह विशेष कार्यक्रम गरी मनाइने भएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल आउँदै छन् । त्यस्तै नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, मुख्यमन्त्री शङ्कर पोखरेल पनि यहाँ आउने बुटवल उपमहानगरपालिकाले जनाएको छ ।
बुटवल उपमहानगरपालिकामा रहको यो ऐतिहासिक सम्पदा जितगढी करीब दुई सय वर्षअघि तत्कालीन नेपाली सेनाले अङ्ग्रेज सेनालाई बहादुरीसाथ लडेर पराजित गरेको खुशियालीमा विजयोत्सव मनाइँदैछ ।
दुई सय चार वर्षअघि फागुन ७ गतेका दिन कर्णेल उजिरसिंह थापाको नेतृत्वमा रहेको नेपाली फौजले अङ्ग्रेज सेनालाई हराएको दिनको सम्झना गर्दै विजयोत्सव मनाउन लागिएको हो । उपमहानगरपालिका–१ तिनाउ नदी किनारमा अवस्थित जितगढी किल्लालाई विशेषरुपमा सजाइएको छ ।
नेपाली सेना, प्रहरी र जनप्रतिनिधिको सक्रियतामा किल्लामा विशेष सरसफाइ गरिएको छ । उत्सवका लागि आकर्षक प्रवेशद्वार र मञ्च तयार गरिएको छ । सेना, उपमहानगरका कर्मचारी र जनप्रतिनिधिले विजयोत्सवको भव्य तयारी गरेका छन् । गत वर्षदेखि प्रदेश ५ को राष्ट्रिय पर्वका रुपमा जितगढी विजयोत्सव मनाउन थालिएको हो ।
विजयोत्सवको दिन आज प्रधानमन्त्री ओलीले जितगढी किल्ला परिसरमा निर्माण गरीएको कर्णेल उजिरसिंह थापाको पूर्ण कदको सालिक अनावरण गर्नुहुने र सालिकको छेउमा विशाल राष्ट्रिय झण्डा फहराइने कार्यक्रम रहेको उपमहानगरपालिकाकाले जनाएको छ ।
नौ फिट उचाइको कर्णेल उजिरसिंह थापाको पूर्ण कदको सालिक र ४२ फिट उचाइको झण्डा प्रधानमन्त्री ओलीले अनावरण गर्ने कार्यक्रम रहेको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जनाकारी दिए ।
उजिरसिंहको पूर्ण कदको सालिक स्थापना र नेपालकै ठूलो राष्ट्रिय झण्डा फहराउन थालेपछि जितगढी किल्लाको मुहार फेरिने र आकर्षक पर्यटकीयस्थलका रुपमा विकास हुने उपमहानगरको विश्वास छ ।
नेपाल–अङ्ग्रेज युद्धलाई सम्झाउँदै नेपाली सेनाले त्यतिबेलाकै युद्ध सामग्री र पोशाक प्रदर्शनसहित युद्ध कौशल प्रदर्शन गर्नेछ । विजयोत्सव मनाउन युद्धसँग सम्बन्धित विशेष झाँकीसहित ¥याली पनि निकालिने कार्यक्रम रहेको उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिए ।
कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले कुशल रणकौशल प्रदर्शन गरी विक्रम संवत् १८७२ वैशाख ७ गते यस किल्लाबाट अङ्ग्रेज सेनालाई परास्त गरेको थियो ।
बुटवलको तिनाउ नदीपारिको किनारमै पूर्वपश्चिम राजमार्गसँगै जितगढी किल्ला छ । पुरातात्विक र ऐतिहासिक महत्व बोकेको यो गढी १६औँ शताब्दीतिर सेनकालमा निर्माण भएको मानिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपरास्वपाको भविष्य छैन, दुर्घटना उन्मुख छः महामन्त्री मुकुल
असार १२, २०८१ बुधबार
कांग्रेसले स्वास्थ्य तथा गुणस्तर सम्बन्धी गैर सरकारी विधेयक दर्ता गराउने
असार १२, २०८१ बुधबार
उपप्रमुख डंगोलसँग ल्हासा नगरको प्रतिनिधिमण्डलको भेटवार्ता
असार १२, २०८१ बुधबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
अब साउनदेखि सिंहदरबार प्रवेश गर्न 'इ–गेटपास'को व्यवस्था गरिने
असार १२, २०८१ बुधबार
ढल्केबर–इनरुवा प्रसारण लाइन सञ्चालन
असार १२, २०८१ बुधबार
देशका विभिन्न नदीमा पानीको बहाव बढ्दै, सतर्कता अपनाउन आग्रह
असार १२, २०८१ बुधबार
कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
असार १२, २०८१ बुधबार