निजगढमा निःशुल्कएसइईको तयारी कक्षा संचालन
नेपालबहस संवाददाता
माघ ५, २०८० शुक्रबार १०:३३:५६
५ माघ, बारा । बाराको निजगढ नगरपालिकाले निशुल्क एसइइ तयारी कक्षा संचालनमा ल्याएको छ । नगरपालिकाभित्र रहेका ८ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई आगामी एसइइ परीक्षा लक्षित तयारी कक्षा संचालनमा ल्याइएको हो ।
निजगढ वडा नं ११ स्थित नेपाल राष्ट्रिय माविबाट शुरु गरिएको तयारी कक्षामा विद्यार्थीहरुलाई अंग्रेजी, गणित र विज्ञानको निशुल्क पढाइने निजगढ नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख उत्तम लामिछानेले जानकारी दिए ।
कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख सुरथ पुरीले विद्यार्थीहरुको एसइइ परीक्षामा राम्रो नतिजा ल्याउन नगरपालिकाले यस्तो व्यवस्था गरेको जानकारी दिए । कार्यक्रमले विद्यार्थीहरुको नतिजाान सुधार ल्याउन सहयोग पुग्ने उनको भनाई थियो । उनले कक्षा ८ का विद्यार्थीहरुको लागि पनि तयारी कक्षा संचालन गरिने बताए ।
कार्यक्रममा नगरका उपप्रमुख सोममाया थिङ्ग, वडा नम्बर १० का वडा अध्यक्ष आशाकाजी श्रेष्ठ र ११ का अध्यक्ष सहइया गुरोलगायत विभिन्न माध्यमिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु र विषयगत शिक्षकहरुको उपस्तिथि रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
प्रदेश क्षेत्रका गरिब तथा जेहेन्दारलाई शैक्षिक सामग्री
कात्तिक २६, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार