प्रधानमन्त्री कपमा कोशीविरुद्ध आशुतोषको अर्धशतक
नेपालबहस संवाददाता
माघ ५, २०८० शुक्रबार ११:८:२१
५ माघ, काठमाडौं । वागमती प्रदेशका युवा ब्याटर आशुतोष घिरैयाले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशविरुद्ध उत्कृष्ट अर्धशतक पूरा गरेका छन् । घिरैयाले यस प्रधानमन्त्री कपमा आफ्नो दोस्रो अर्धशतक ४७ बलमा पूरा गरेका छन् ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले १४ ओभरमा १ विकेट गुमाउँदै ८५ रन बनाएको छ । आशुतोष ५५ बलमा ११ चौका र २ छक्कासहित ६६ रनमा क्रिजमा छन् । उनलाई रित गौतमले ९ रनमा साथ दिएका छन् । त्यसअघि उनले एक महत्वपूर्ण जीवनदान भने पाएका छन् ।
कोशीलाई पहिलो सफलता वायाँ हाते तीव्र गतिका बलर कमल खत्रीले दिलाएका थिए । कमलको छैटौं ओभरको पहिलो बलमा ईशान पाण्डे लङअनमा सर्ट खेल्ने धुनमा मिड अनमा भुपाल लुईंटेलबाट ६ रनमा समातिए । कोशी सुरुवाती चारै खेलमा पराजित भएको छ । बागमतीले चार मध्य दुई खेल जितेको छ । पछिल्लो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले हराएको हुँदा बागमतीको मनोबल उच्च छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
जनकपुरमा एनपीएल विजेता जनकपुर बोल्ट्सलाई भव्य स्वागत, मधेसभर विजय उत्सवको तयारी
पुष १२, २०८१ शुक्रबार
जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको 'ट्रफी परेड'
पुष १२, २०८१ शुक्रबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार