बहुला स्यालको टोकाइबाट महिला, बालबालिकासहित १२ जना घाइते
नेपालबहस संवाददाता
माघ ५, २०८० शुक्रबार ११:१७:५६
♦ सञ्जय मिश्रा
५ माघ, रौतहट । बहुला स्यालको टोकाई बाट रौतहटको गढीमाई नगरक्षेत्र अन्तर्गत महिला बालबालिकासहित १२ जना मानिस घाइते भएका छन्। घाइतेमध्ये गम्भीर अवस्थामा रहेकी एकजना महिलालाई वीरगंज रेफर गरिएको छ।
गढीमाई नगरपालिका ७ का स्थानीय गोठालाहरू बिहीबार साँझ घाँस काट्न खेतमा गएको बेला उखुघारीबाट एक्कासी आएको बहुला स्यालले आक्रमण गरी महिला बालबालिकासहित १२ जनालाई घाइते बनाएको हो।
बहुला स्यालको टोकाइबाट गढीमाई नगरपालिका वडा ७ को वर्ष ७० का महेन्द्र महतो, ४५ वर्षकी मन्तोरिया देवी, ६० वर्षकी तेतरी खातुन, ४० वर्षकी जयबुल खातुन, १५ वर्षकी मनिषा कुमारी, ५५ वर्षकी उषा देवी, २७ वर्षका रामाविनय बैथा, ३५ वर्षकी दुखीया देवी,३० वर्षकी बिना देवी, ९ वर्षको श्रावण कुमार, ७२वर्षकी सिकीलावा देवी, ७० वर्षका जयल मुखियालाई घाइते बनाएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमा प्रकाश खनालले बताएका छन् ।
स्यालको आक्रमण बाट गढीमाईको धर्मपुर, धनहारी र लक्ष्मीपुर टोल, मुसहरी टोलका महिला पुरुष बालबालिका घाईते बनाएको छ। घाईते मध्ये गम्भीर अवस्थामा रहेकी ६०की तेतरी खातुनलाई रातिनै एम्बुलेन्सबाट थप उपचारको लागि नेशनल मेडिकल कलेज बिरगंज पठाइएको थियो। खातुनको नाक मुखमा गहिरो खत बनाएकाले प्रादेशिक अस्पताल गौरमा गएराति सामान्य उपचार पछि नेशनल मेडिकल बिरगंज पठाईएको डीएसपी खनालले जानकारी दिएका छन्।
स्यालले टोकेपछि लगाइने खोप स्थानीय अस्पतालमा उपलब्ध नभएकाले घाइते सबैजना प्रादेशिक अस्पताल गौर पठाइएको थियो ।
घाईतेमध्ये अधिकांश हाल प्रादेशिक अस्पताल गौरमा रहेका छन भने केही बिरामी उपचार पछि घर फर्की सकेका छन्। स्यालले जथाभावी टोक्न थालेपछि स्थानीय त्रसित बनेका छन्। स्यालको टोकाइबाट दुई वर्ष अघि गरुडाका एकजना युवकको मृत्यु भएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार