तीव्र गतिका बलर अभिनाश बोहराको हातको शल्यक्रिया सफल !
नेपालबहस संवाददाता
माघ ५, २०८० शुक्रबार ११:१९:४७
५ माघ, काठमाडौं । नेपाली क्रिकेट टोली तथा एपीएफ क्लबका तीव्र गतिका बलर अभिनाश बोहराको हातको शल्यक्रिया सफल भएको छ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल एपीएफबाट बिहीबार टियु क्रिकेट मैदानमा मधेश प्रदेशविरुद्ध खेल्ने क्रममा उनको बायाँ हातको हत्केलामा चोट लागेको थियो ।
स्रोतका अनुसार उक्त चोटपछि उनी वयोधा अस्पताल बल्खुमा उपचार गर्न गएका थिए । बिहीबार नै उनको शल्यक्रिया भएको छ । अब अभिनाश एक महिना मैदान बाहिर रहने छन् । अब अभिनाशको स्थान यज्ञमान कुमालले लिनेछन् ।
तर उनी पहिलो रोजाइका बलर भने होइनन् । यज्ञमानले पछिल्लो पटक एपीएफबाट पिएम कप २०१९ मा मूलपानीमा गण्डकीविरुद्ध खेलेका थिए ।
हत्केलामा चोट लागेपछि अभिनाशले सुरुमा मैदानमै प्राथमिक उपचार गराएका थिए । फिजियो लोकेन्द्र कुँवर लगायत मेडिकल टोलीले उपचार गरेका थिए । त्यसपछि उनी मैदान बाहिर आउनु परेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन
मंसिर ११, २०८१ मंगलबार
इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु
मंसिर ११, २०८१ मंगलबार
प्रहरीले दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गरायो
मंसिर ११, २०८१ मंगलबार
भक्तपुरमा राजश्व संकलन गत वर्षभन्दा राम्रो
मंसिर ११, २०८१ मंगलबार
आरबीआईका गभर्नर शक्तिकान्त दास अस्पताल भर्ना
मंसिर ११, २०८१ मंगलबार
बक्यौता रकम नपाएसम्म लिग नखेल्ने 'बी' डिभिजन क्लबको चेतावनी
मंसिर ११, २०८१ मंगलबार