गुजरातमा डुंगा दुर्घटनामा परी मृत्यु हुनेको संख्या १६ पुग्यो
नेपालबहस संवाददाता
माघ ५, २०८० शुक्रबार ११:४६:१०
५ माघ, गुजरात । गुजरातको बडोदरामा एउटा ठूलो दुर्घटना भएको छ । भारतीय समाचार संस्थाका अनुसार गुजरातस्थित हरणी तालमा डुंगा पल्टिएको हो ।
यस डुंगामा २३ विद्यार्थी र चार शिक्षक सवार रहेका थिए । अहिलेसम्म सो डुंगा दुर्घटनामा परी मृत्यु हुनेको संख्या १६ पुगेको प्रहरीले जनाएको छ । साथै, आठ जनाको उद्धार गरिएको छ ।
सो डुंगा दुर्घटनामा परी चारजना अझै बेपत्ता रहेका छन भने भने उनीहरूको खोजतलास तथा उद्धार कार्य जारी छ । समाचार अनुसार सो डुङ्गाको क्षमता १४ जना थिए तर २७ जनाभन्दा बढी सवार थिए ।
मुख्यमन्त्री भूपेन्द्र पटेलले मृतकका परिवारलाई ४ लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् । सबै विद्यार्थी वडोदराको एक विद्यालयका थिए । उद्धार कार्य सुरु गरिएको छ। गम्भीर घाइते भएका विद्यार्थीलाई अस्पताल लगिएको छ । घटनास्थलमा १० भन्दा बढी एम्बुलेन्स पुगेका थिए । घटनाको जानकारी पाएलगत्तै उद्धार टोली त्यहाँ पुगेको थियो ।
गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले ट्वीट गरदै भनेका छन, ‘बडोदराको हरणी तालमा डुबेर बच्चाहरूको मृत्युको खबरले अत्यन्तै दुखद छ। म ती बालबालिकाहरूको आत्माको शान्तिको लागि प्रार्थना गर्दछु, जसले आफ्नो ज्यान गुमाएका छन्। म यस दुखद घडीमा दुखी महसुस गर्दछु। म शोकमा सहभागी छु। विद्यार्थीका परिवारजनमा ईश्वरले यो शोक सहन सक्ने शक्ति प्रदान गरुन् डुङ्गामा सवार विद्यार्थी र शिक्षकको उद्धार कार्य जारी छ दुर्घटनामा परी घाइते भएकाहरुलाई तत्काल राहत र उपचारको व्यवस्था गर्न प्रशासनलाई निर्देशन छ।’
दुर्घटनामा परेका यी सबै विद्यार्थीहरू न्यू सनराइज स्कूल, वडोदराका थिए, जो यहाँ घुम्न आएका थिए। डुंगामा क्षमताभन्दा बढी यात्रु सवार भएकाले यो घटना भएको खुलेको छ । डुङ्गामा सवार कुनै पनि विद्यार्थी र शिक्षकले लाइफ ज्याकेट लगाएका थिएनन् ।
सात एकडभन्दा बढी क्षेत्रफलमा हरणी पोखरी बनाउने निर्णय भएको छ । सन् २०१९ मा यस पोखरीको सौन्दर्यीकरण गरिएको थियो । घटनाको जानकारी पाएपछि विद्यार्थीका परिवारमा शोकको माहोल छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
भारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार