क्षेत्रपाटीस्थित नरेश अग्रवालको गोदाममा राजश्वको छापा, स्रोत नखुलेको दुई करोडसहित तीन जना पक्राउ
नेपालबहस संवाददाता
माघ ५, २०८० शुक्रबार १२:३७:३७
५ माघ, काठमाडौं । राजश्व अनुसन्धान विभागले क्षेत्रपाटीस्थित नरेश अग्रवालको गोदाममा छापा मारेर स्रोत नखुलेको २ करोड रूपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ ।
विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार, अवैध रूपैयाँसहित पक्राउ पर्नेमा नरेश अग्रवाल र उनका सहयोगीहरु छन् । बरामद रकम गन्ने काम हुँदैछ ।
अवैध विदेशी मुद्रा, हुण्डी र सुन कारोबारका संलग्न रहेको आरोपमा कपडा व्यापारी नरेश अग्रवाललाई पक्राउ गरी अनुसन्धान थालिएको ढुंगानाले बताए । राजस्व अनुसन्धान विभागको टोलीले गोदाममा छापा मारेर उनलाई बिहिबार राती नै नियन्त्रणमा लिएको हो ।
विभागको टोलीले उनको घरमा छापा मारी २ करोड नगद जफत गरेको छ । यो रकम कति भन्ने कुरा गन्न भने बाँकी छ । केहीबेरमा प्रहरी र राष्ट्र बैंकका अधिकारीलाई राखेर रकम गन्ने काम गरिनेछ । अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको विभागले जनाएको छ । अग्रवालको घरबाट २ हजार अमेरिकी डलर पनि बरामद भएको विभागले जनाएको छ ।
ढुंगानाका अनुसार, बरामद रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान छ । अग्रवाल क्रिप्टोकरेन्सीको कारोबारमा पनि संलग्न रहेको सूचना विभागसँग थियो । अग्रवालले कपडा व्यवसायको आडमा हुण्डी र नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गर्दै आएको विभागले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रसुवागढी नाकामा ढुवानी कन्टेनरको चाप बढ्दो
पुष ५, २०८१ शुक्रबार
सुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार