भारतीय ग्राहकलाई लक्षित गरी पूर्वपश्चिम राजमार्गका होटलमा यौन व्यवसाय सञ्चालन
नेपालबहस संवाददाता
माघ ५, २०८० शुक्रबार १४:३५:८
५ माघ, रौतहट । महेन्द्र (पूर्व पश्चिम) राजमार्गमा पर्ने मधेस प्रदेशका होटलहरूमा अवैध क्रियाकलाप मौलाउँदै जान थालेको गुनासो बढ्दै जान थालेको छ । राजमार्गका होटलहरूमा व्यावसायिक रूपमा यौन व्यवसाय सुरु भएको भन्दै स्थानीय स्तरमा त्यसको चर्को आलोचना हुन थालेको छ ।
बारा जिल्लाको पथलैयादेखि ढल्केबरसम्मका होटलहरूमा यौन व्यवसाय हुने गरेको गुनासो स्थानीय रूपमा बढ्दै गएको छ । भारतको बिहार राज्यमा मजिरा बन्द भगसँगै पूर्व पश्चिम राजमार्गका विभिन्न स्थानमा खुलेका साना तथा ठूला होटलहरूमा मदिरा सेवन गर्न तथा यौन क्रियाकलाप गर्न भारतीयहरूको आवागमन बढ्न थालेको हो ।
भारतीय ग्राहकलाई लक्षित गरी राजमार्गमा साना तथा ठूला होटलहरूले यौन क्रियाकलाप गराउने गरेको भन्दै स्थानीय स्तरमा त्यसको चर्को आलोचना हुन थालेको छ । प्रहरी प्रशासनको मिलेमतोमा राजमार्गका होटलहरूमा अवैध रूपमा यौन क्रियाकलाप हुने गरेको गुनासो बढ्दै गएको छ ।
देशका विभिन्न स्थानबाट युवतीहरू मगाएर भारतीय ग्राहक तथा स्थानीय ग्राहकलाई लक्षित गरी होटल खोल्नेहरूको संख्या समेत बढ्दै जान थालेको छ ।
पछिल्लो समय देशमा बढेको आर्थिक मन्दीसँगै राजमार्गमा रहेका ठूलो लगानीका होटलहरूले समेत यौन व्यवसाय गर्न थालेको समाचार स्रोतले जनाएको छ । साना होटलहरूमा प्रहरीको आँखा सहजै पुग्ने र ठूलो लगानीका होटलमा प्रहरीले खासै वास्ता नगर्ने भएपछि ठूलो लगानीमा खुलेका होटलहरूले समेत पछिल्लो समय युवतीहरू राखेर भारतीय ग्राहक लक्षित गरेर यौन व्यवसाय गर्ने गरेको स्थानीयहरूको भनाइ रहेको छ ।
सर्लाहीको बागमती, हरिओन, नयाँ रोड, लालबन्दी लगायतका राजमार्गमा रहेका होटलहरूले खुलेआम रुपमा यौनधन्दा गराउने गरेको भन्दै स्थानीयले प्रहरी समक्ष गुनासो समेत गरेका छन । सर्लाहीको हरियोनमा रहेको शिखर होटल र सैनिक होटलमा खुलेआम यौन व्यवसाय हुने गरेको भन्दै स्थानीयले गुनासो गरेपछि इलाका प्रहरी कार्यालय हरिओनले ती स्थानमा कडाई गरेको छ ।
हरिओनमा हुने यौन व्यवसायमा प्रहरीले आँखा लगाएपछि सोही स्थानमा यौन व्यवसाय गरेर कुष्ट पैसा कमाउँदै आएकाहरू यतिबेला अन्यत्र होटल खोज्दै हिँडेको जानकारहरूको भनाइ रहेको छ । हरिओन बजारमा प्रहरीले यौन व्यवसायी विरुद्ध कडा कदम चालेपछि हरियोनमा लामो समयदेखि होटल सञ्चालन गर्दै आएकाहरु रौतहटको चन्द्रनिगापुरमा होटल खोज्न थालेको जानकारहरूको भनाइ रहेको छ । हरिओनमा रहेको शिखर होटलकी सञ्चालिका हरिओनमा होटल व्यवसाय गर्न समस्या भएको भन्दै अन्यत्र घरभाडा खोज्दै हिँड्न थालेको जानकारी प्राप्त भएको छ ।
बाराको पथलैया र निजगढ बजारका होटलहरूले समेत स्थानीय प्रहरी प्रशासनको मिलोमतोमा अवैध रुपमा एवं व्यवसाय सञ्चालन गर्दै आएका छन ।
प्रहरीलाई मासिक रूपमा पैसा बुझाएर होटलमा खुलेआम यौन व्यवसाय गराउनेहरूका कारण समस्या उत्पन्न हुँदै आएको निजगढका एक जानकारको भनाइ रहेको छ ।
पछिल्लो समय बाराको पथलैयादेखि ढल्केबरसम्मको राजमार्ग क्षेत्रमा बढ्दो सहरीकरण सँगै यौन व्यवसाय समेत मौलाउँदै जान थालेको छ ।
राजमार्गका साना चिया पसलदेखि ठूला लगानीका होटलसम्म पछिल्लो समय एवं व्यवसाय गर्न तत्पर रहेको बुझिएको छ। होटल तथा पर्यटन व्यवसायका नाममा केही ठूला होटलवालाहरूले पछिल्लो समय भारतीय ग्राहकलाई लक्षित गरेर राजमार्गमा यौन व्यवसाय गर्ने गरेको आरोप लाग्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
साइबर अपराधको कसुरमा शोभा पाठक पक्राउ
पुष १, २०८१ सोमबार
स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
प्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित
पुष ७, २०८१ आइतबार
मुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
पुष ७, २०८१ आइतबार
पश्चिमी वायुको प्रभावः हिमाली भु–भागमा हिमपात, चिसो बढ्ने
पुष ७, २०८१ आइतबार
चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित
पुष ७, २०८१ आइतबार
आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै
पुष ७, २०८१ आइतबार