अब विकट क्षेत्रका वडामै सामाजिक सुरक्षा भत्ता वितरण
नेपालबहस संवाददाता
माघ ५, २०८० शुक्रबार १६:२४:३६
५ माघ, मनहरी । मकवानपुरगढी गाउँपालिकाले वडास्तरबाट नै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । बैंकमार्फत वितरण गर्दै आइरहेको सामाजिक सुरक्षा भत्ता अब विकट क्षेत्रका वडामा भने वडा तहबाटै वितरण सुरु गरिएको हो ।
मकवानपुरगढी गाउँपालिकामा आठ वडा छन् । जसमध्ये वडा नम्बर ८ मा वडास्तरबाट बिहीबार पहिलो चरणको भत्ता वितरण सुरु गरेको हो । यातायात र बैंकसँगको पहुँच नभएका, वृद्धवृद्धा, अशक्त अपाङ्गता भएका नागरिकलाई समस्या भएपछि वडा तहबाटै भत्ता वितरण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बताए । गाउँपालिकाको केन्द्र मक्रान्चुलीमा नबिल बैंक छ । विभिन्न वडाका नागरिकलाई यहाँ आउन समस्या भएपछि वडाबाटै भत्ता वितरण गरेको अध्यक्ष स्याङ्तानले बताए ।
वडा ८ बूढीचौरमा ६७ जना लाभग्राहीलाई बिहीबार सामाजिक सुरक्षा भत्ता रकम प्रदान गरिएको गाउँपालिकाका पञ्जीकरण शाखा प्रमुख रघुनाथ हुमागाईंले बताए । प्रदेश राजधानी हेटौँडासँग जोडिएको पालिका भए पनि यस गाउँपालिकाका केही वडा विकट र दुर्गममा रहेकाले वडाबाटै भत्ता वितरणको सुरुआत गरिएको हुमागाईंले बताए । अहिले दोस्रो किस्ताअन्तर्गत वडा नम्बर ८ र वडा नम्बर १ लाई विशेष प्राथमिकतामा राखेर वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागिएको उनले सुनाए ।
बूढीचौरमा १६९ जना लाभग्राही छन् । पहिलो दिन ६७ जनालाई भत्ता दिइएको छ । भत्ता वितरण कार्यक्रममा वडा सदस्य गोकुल देवकोटा, बैंक तथा पालिकाका कर्मचारी, इलाका प्रहरी कार्यालय मकवानपुरगढीका सुरक्षाकर्मीलगायतको उपस्थिति थियो ।
बूढीचौरका नागरिक गाउँपालिकाको कार्यालय जान भीमफेदी गाउँपालिकाको बाटो हुँदै हेटौँडा बजारबाट मक्रान्चुली पुग्न बाध्य छन् । हिउँदको समयमा सुकौरा हुँदै आवतजावत गरे तापनि बर्खाको समयमा भने भीमफेदीतर्फको सडक प्रयोग गर्नुपर्ने बाध्यता छ । बूढीचौर पृथ्वीनारायण शाह भीमफेदीको चिसापानीगढीबाट मकवानपुरगढी दरबार आउने जाने पैदलमार्गको रुपमा खुडेधार पैदलमार्ग पर्यटकको गन्तव्यस्थलको रुपमा विकास भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सहकारी ठगी प्रकरण: छविको बयान लिइयो, रविलगायतको लिइँदै
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार