मादल बेचेर वर्षिक दुई देखि तीन लाखसम्म आम्दानी
नेपालबहस संवाददाता
माघ ५, २०८० शुक्रबार १६:३०:२६
५ माघ, रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ सिम्रुतुमा मङ्गल वादीले मादल बेचेर घर खर्चको जोहो गर्दै आएका छन् । विगत पाँच वर्षदेखि उनले यहाँ मादल व्यवसाय सञ्चालन गर्दै आएको हो ।
चाडपर्व तथा घरायसी खर्च मादल बेचेर व्यवस्थापन गर्दै आएको वादीले बताए । राप्ती राजमार्गको छेउमा व्यवसाय सञ्चालन गरेको भन्दै बजारको कुनै समस्या नरहेको उनले बताए ।
“आवश्यक परेको बेला जिल्ला बाहिरका व्यक्तिसमेत मादल किन्न आउने गर्छन् । दशैं तिहारको बीचमा मादल बनाउन भ्याइनभ्याइ हुन्छ”, वादीले भने, “व्यवसाय सुरु गरेको पाँच वर्ष भयो । मादल बिक्री गरेरै वर्षमा रू दुई लाखदेखि तीन लाखसम्म आम्दानी हुने गरेको छ । बजारको समस्या छैन पसलमै मादल किन्न मान्छेहरू आउँछन् ।” उनका अनुसार अहिले पसलबाट दमाहा, डमरु र मादल बिक्री भइरहेका छन् ।
एउटा मादल रू दुई हजार पाँच सयदेखि रू २५ हजारसम्म बिक्री हुने गरेको वादीले जानकारी दिए । मादल बनाउने काठलगायत आवश्यक अन्य सामग्री गाउँमै उपलब्ध हुने भएकाले सामग्री जुटाउन समस्या नरहेको उनले बताए । मादल बनाउने पेसामा वादीको दम्पतीनै लागेको छ । आफूले मात्रै माग धान्न नसकेपछि एक जनालाई रोजगारसमेत दिएको उनले बताए ।
कामदारका रूपमा मादल बनाउने पेसामा लागेका ५६ वर्षीय गगन वादीले आफू यो पेसामा लागेपछि चाडपर्वलगायत अन्य खर्चमा सहज भएको सुनाए । “विगत पाँच वर्षदेखि यहाँ काम गरिरहेको छु । यहाँ वार्षिक काम गरेमा रू एक लाखदेखि डेढ लाखसम्म कमाइ हुन्छ”, उनले भने । यही पेसाले जीविकोपार्जनमा सहज भएको उनको भनाइ थियो ।
व्यावसायिक रूपमा मादल बनाउने पेसामा लागेका मङ्गले, वादी समुदायको जीवनस्तर माथि उकास्न र वादी समुदायको व्यवसायलाई थप व्यवस्थित बनाउन स्थानीय सरकारले चासो देखाउनुपर्ने र आर्थिकरुपमा सहयोगको गर्नुपर्ने उनीहरूको भनाइ थियो ।
दलित तथा वादी समुदायका लागि क्षमता विकास कार्यक्रमअन्तर्गत गाउँपालिकाले चालु आर्थिक वर्षमा रू दश लाख बजेट विनियोजन गरेको त्रिवेणी गाउँपालिका अध्यक्ष गनेशकुमार केसीले जानकारी दिए । उनका अनुसार दलित तथा वादी समुदायलाई सोही बजेटबाट सीपमूलक तालिम प्रदान गरी स्वरोजगार बनाउने लक्ष्य गाउँपालिकाले लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपतिद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार
साढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
अमेरिकी डलरदेखि क्यानेडियन डलरसम्मको भाउ घट्यो
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
५०० पसलमा २० मात्रै नियमअनुरुप चलेका भेटिए
मंसिर ८, २०८१ शनिबार