भारत लैजाँदै गरेकी किशोरीको उद्धार
नेपालबहस संवाददाता
माघ ५, २०८० शुक्रबार २०:२२:९
५ माघ, बर्दिया । बर्दियामा भारत लैजाँदै गरेकी एक किशोरीको उद्धार गरेको छ ।
बाँसगढी नगरपालिका ३ कि १७ वर्षीया किशोरीलाई ललाई फकाई भारत पुर्याइएकोमा भारतीय सुरक्षा बल एसएसबीले उद्धार गरेको हो । एसएसबी ५९औं बाहिनी लौकाहीले किशोरी र दुई युवालाई सोधपुछ गर्दा स्पष्ट र सन्तोषजनक जवाफ नआएपछि क्याम्पमा लगिएको थियो ।
क्याम्पमा सोधपुछपछि उनीहरूले ती किशोरीलाई भारतको चेन्नई लैजान लागेको बताएका थिए । शंका लागेपछि एसएसबीले नेपाल प्रहरी लगायत मानव वेचबिखनविरुद्ध अभियानमा लागेका शान्ति पुनःस्थापना गृहलाई बुझाएका थिए ।
प्रहरीले दुई आरोपितलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अघि बढाएको प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताए । पक्राउ पर्नेमा बाँसगढी नगरपालिका ३ का २१ वर्षका कासिम अहम्मद र सोही ठाउँका २० वर्षीय मोहम्मद कैफ रहेका प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट भारतीय आधार कार्ड समेत बरामद गरेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार