राष्ट्रियसभा निर्वाचनले कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान फेरी प्रभावित, अब माघ १२ देखि गरिने
नेपालबहस संवाददाता
माघ ६, २०८० शनिबार ११:११:६
६ माघ काठमाडौं । नेपाली कांग्रेसको माघ ७ गतेदेखि सुरु गर्ने भनेको ‘समुदायमा कांग्रेस’ अभियानको कार्यतालिका फेरी प्रभावित भएको छ । राष्ट्रिय सभा निर्वाचनका कारण माघ ७ देखि गर्ने भनिएको अभियान कार्यक्रम अब १२ गतेबाट मात्र सुरु हुने भएको छ । कांग्रेसको सूचना तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माका अनुसार माघ १६ गतेभित्र केन्द्रीय नेताहरू वटा तहमा पुगिसक्ने गरी कार्यक्रम बनाइएको छ । ।
यसअघि माघ ७ गते देखि प्रतिनिधि खटाउने भन्दै कांग्रेसले जिल्ला खटाउने नेता तथा केन्द्रीय सदस्यहरूलाई पार्टी कार्यालय सानेपामा प्रशिक्षण दिएको थियो । जिल्लामा गएर कसरी कार्यक्रम चलाउने र समन्वय गर्ने भन्ने बारे विषयगत रुपमा नेताहरूलाई महामन्त्रीद्वयले अभिमुखीकरण गराएका थिए ।
प्रतिनिधि खटिने नेताहरूले जिल्लामा गएर गर्नुपर्ने भूमिकाका विषयमा दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले प्रतिनिधिहरूलाई प्रशिक्षित गरेका थिए । उनीहरूले माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन भएकाले निर्वाचन प्रचारका क्रममा जिल्ला पुगेका नेताहरूलाई १२ गतेदेखि नै अभियानका कार्यक्रम सुरु गर्न निर्देशन दिएको विभागका प्रमुख विश्वकर्माले जानकारी दिए ।
अभिमुखीकरण कार्यक्रम केन्द्रीय कार्यालय सानेपामा बुधबार दिइएको थियो । ७७ जिल्लामा केन्द्रीय नेताहरू खटाएर कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान देशभर गर्दैछ । जिल्ला जाने नेताहरूले आन्तरिक संगठन र समुदायमा पुगेर पार्टीको अभियान चलाउने छन् । पार्टीभित्रको संगठन सुदृढीकरण साथै नागरिक तहमा पुगेर उनीहरूको आवाज सुन्ने गरी कांग्रेसले अभियान घोषणा गरेको थियो ।
जिल्ला जाने नेताहरूले पार्टीमा देखिएको तल्लो तहको समस्या समाधान गर्ने, नागरिकसँग अन्तरक्रिया गर्ने, नागरिकका समस्या सुन्ने लगायतका जिम्मेवारी पार्टीले दिएको छ । साउनमा बसेको केन्द्रीय समितिले गरेको निर्णय अनुसार दोस्रो चरणको अभियान गर्न लागिएको हो । पार्टीले दोस्रो चरणको अभियानमा ‘समुदायमा कांग्रेस’ निर्धारण गरेको थियो । एक महिनाका लागि पूर्व घोषित अभियानको अवधि घटाएर १५ दिन बनाइएको छ ।
नेपाली कांग्रेसले पुस १६ देखि एक महिनासम्म सञ्चालन गर्ने भनेको समुदायमा कांग्रेस अभियान केन्द्रीय समितिले निर्णय गरेको भोलिपल्टै संशोधन गरेको थियो । अब उक्त अभियान माघ १२ देखि माघ २२ गतेसम्म सञ्चालन गरिने कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
पहिले एक महिना सञ्चालन गर्ने भनिएको अभियान १५ दिनमा झारिएको छ । माघ १२ गते सुरु गर्ने उक्त अभियानमा पार्टीका केन्द्रीय प्रतिनिधिहरु खटिनेछन् । नेपाल बहससँगको कुराकानीमा विश्वकर्माले माघ १६ गते पार्टीले खटाएका सबै केन्द्रीय प्रतिनिधिहरु वडा वडामा पुगिसक्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
भीम रावल एमालेबाट निष्कासित, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार