धुलोका कारण ग्रामीण जनजीवनमा कष्टकर बन्दै
नेपालबहस संवाददाता
माघ ६, २०८० शनिबार १७:५०:२२
६ माघ, रसुवा । वातावरणीय असरको मूल्याङ्कनमा पूर्व सावधानी नअपनाउँदा दक्षिणी रसुवाको जीवजीवे गाउँ धुलोले प्रभावित बनेको छ ।
ग्रामीण सडक निर्माण सुधारका लागि सडक सुधार पूर्वाधार विकास योजना नुवाकोटले गरेको कामबाट जीवजीवेका स्थानीयबासी प्रभावित भएका हुन । उक्त कार्यालयले धारापानी रूप्सेपानी, भदौरे जीवजीवे, लोकिल खण्ड अन्तर्गतको १० किमी सडकमा नयाँ माटो कटिङ तथा माल सामग्री ओसारपसारमा ठूला सवारी साधनको प्रयोग भएको छ । यसले छिनछिनमै उड्ने अत्यधिक धुलोले सडक छेउका घर तथा खानाखाने भान्छा समेत प्रभावित भएको छ । धुलोले प्रभावित भएका कारण दैनिक पानी छेपी दिने व्यवस्थाका लागि ठेकेदार कम्पनीलाई अनुरोध गरिएको जीवजीवे गैरीगाउँ निवासी गोविन्द्रप्रसाद देवकोटाले बताए ।
काम ठाउँठाउँमा भइरहेको छ । सिमेन्ट बालुवा तथा गिट्टी ढुवानीका लागि आफ्ना सवारी साधन गुडिरहने निर्माणमा संलग्न पिआर कन्स्ट्रक्सन प्रा.लि.ले जनाएको छ । आफूले काम जिम्मा लिँदा केवल सडक सुधारका कामको मात्र बोलपत्र भरेको र स्वीकृत ‘टेन्डर’ फारम मुताबिकको मात्र सडक सुधार गरिरहेकाले सडकमा पानी हाल्न नसकिने उक्त कम्पनीका प्रबन्ध निर्देशक भूपेन्द्र पौडेल बताए ।
प्रदेश सरकारले स्वीकृत गरेको बजेट विनियोजनको अधीनमा रही सडक सुधार अघि बढाइएको र पानी हाल्ने कार्ययोजना नभएपनि धुलो न्यूनीकरण गराई वातावरण स्वच्छ राख्ने बताउँदै सडक पूर्वाधार आयोजनाका प्रमुख सुजन थापाले निर्माण कम्पनी र स्थानीय वडा कार्यालयमा समन्वय राख्ने बताए ।
कालिका गाउँपालिकाअन्तर्गत जीवजीवेका बासिन्दा धुलोले प्रभावित भएका र कालिका गाउँपालिकाको प्रवक्तासमेत रहेका वडा नम्बर ५ का वडाध्यक्ष सन्दीप पौडेलसँग जिज्ञासा राख्दा सडकमा भइरहेको कामबाट निस्केको धुलोले जीवजीवे क्षेत्रको बासिन्दामाझ जनस्वास्थ्यमा निकै असर परेका कारण पानी हाल्न पटकपटक ताकेता गरिरहेको बताए ।
धुलोले वातावरणीय असरका साथै जमिन कटिङ गरेको स्थानमा पूरा पर्खाल नलगाउँदा भूक्षयको प्रकोप बढ्ने सम्भावना रहेको स्थानीय बताउँछन । माथितिर बस्ती मुनि सडक भएको स्थानमा अग्लो भूभाग कटिङ भएको र कटिङ भएका स्थानमा बस्ती नभए पनि ठाउँठाउँमा पर्खाल लगाई दीर्घकालीन रूपले भूमिको संरक्षण गर्न सरकारी निकाय गम्भीर बन्न अनुरोध गरिएको जीवजीवे महादेव स्थानका चिरञ्जीवी पौडेलले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
लोप हुन थालेको ‘बुट्टेनली’ संरक्षणको प्रयास
मंसिर १०, २०८१ सोमबार
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने शहरबीच भगिनी सम्बन्ध
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
सर्वोच्चको बोर्डमा कालो छ्यापेपछि बिनु यादव पक्राउ
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
सेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगति
मंसिर ११, २०८१ मंगलबार
विश्व बैंकको अनुदानमा सडक स्तरोन्नति
मंसिर ११, २०८१ मंगलबार