अन्नपूर्णीको विवादमा अभिनेत्री नयनताराले मागिन माफी
नेपालबहस संवाददाता
माघ ६, २०८० शनिबार १८:२३:१३
६ माघ, काठमाडौं । नयनतारा अभिनित तमिल फिल्म ‘अन्नपूर्णी’ यतिबेला विवादले घेरिएको छ । फिल्मले हिन्दु धर्मावलम्बीको भावनामा चोट पुर्याएको भन्दै आलोचना चर्किएपछि नेटफ्लिक्सले फिल्म हटाइसकेको छ ।
यो विवादमा अभिनेत्री नयनताराले पनि माफी मागेकी छिन् । सामाजिक सञ्जालमा जय श्रीरामबाट सुरु भएको आफ्नो माफी पत्रमा नयनताराले लेखेकी छन्, ‘जय श्रीराम, मेरो फिल्म अन्नपूर्णीसँग सम्बन्धित विषयमा प्रकाश पार्न भारी हृदयहसहित यो नोट लेख्दैछु ।
फिल्म अन्नपूर्णी सिनेम्याटिक प्रयास मात्र होइन, कहिल्यै हार नमान्ने हृदयस्पर्शी र प्रेरणादायी कथा हो । सकारात्मक सन्देश साझा गर्ने प्रयासमा हामीले अञ्जानमा मानिसलाई चोट पुर्याएको हुनसक्छ । सेन्सर भएर हलमा रिलिज भइसकेको फिल्मलाई ओटीटीबाट हटाइनेछ भनेर मैले सोचेको थिइनँ ।’
नयनताराले यसअघि लेखेकी छन्, ‘मैले र मेरो टोलीले कहिल्यै कसैलाई चोट पुर्याउने सोचेका छैनौं र हामी यो कुराको गहिराइ बुझ्छौं । प्रायः मन्दिरमा जाने र भगवानमा विश्वास गर्ने व्यक्तिको रूपमा म पहिलो पटक जानाजानी केही गर्नेछु । यसबाट जो कोहीलाई चोट पुगेको छ, म हृदयदेखि माफी चाहन्छु । अन्नपूर्णी फिल्म बनाउनुको उद्देश्य मानिसलाई चोट पुर्याउनु होइन ।’
थिएटरपछि ओटीटी प्लेटफर्ममा रिलिज भएको नयनतारा अभिनित फिल्म ‘अन्नपूर्णी’को एक दृश्यमा भगवान श्रीरामलाई मांसाहारी भनेर वर्णन गरिएको थियो । जसका कारण फिल्म निर्माता, नेटफ्लिक्स र नयनताराविरुद्ध धार्मिक भावनामा चोट पुर्याएको उजुरी परेको थियो ।
शिवसेनाका पूर्वनेता रमेश सोलंकीले जनवरी ६ मा फिल्म अन्नपूर्णीका निर्माताविरुद्ध मुम्बईमा उजुरी दिएका थिए । निर्माताले भगवान श्रीरामको अपमान गरेर हिन्दु समुदायको भावनामा चोट पुर्याएको उनको आरोप छ । रमेश सोलंकीले सोसल मिडिया प्लेटफर्म एक्स ९ट्वीटर०मा पनि फिल्मको कडा आलोचना गरेका छन् ।
उनले लेखेका छन्, ‘मैले हिन्दु विरोधी र हिन्दु विरोधी नेटफ्लिक्सविरुद्ध उजुरी दायर गरेको छु । सारा विश्वले भगवान श्रीराम मन्दिरको अभिषेक मनाइरहेको बेला नेटफ्लिक्समा यो हिन्दु विरोधी फिल्म अन्नपूर्णी रिलिज भएको छ । जसलाई जी स्टुडियो, नाद स्टुडियो र ट्राइडेन्ट आर्ट्सले निर्माण गरेका हुन् ।’
साथै उनले फिल्मका केही विवादास्पद दृश्य पनि उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘हिन्दु पुजारीकी छोरीले बिरयानी बनाउनुअघि नमाज पढाउँछिन् । फिल्ममा लभ जिहादको प्रचार गरिएको छ । फरहानले अभिनेत्रीलाई मासु खुवाउने क्रममा भगवान श्रीराम पनि मांसाहारी भएको बताएका छन् ।’
उनले थप भने, ‘नेटफ्लिक्स र जी स्टुडियोले जानाजानी हिन्दु भावनामा चोट पुर्याउन यो फिल्म बनाएको हो । म मुम्बई पुलिस, महाराष्ट्र एचएमओलाई धार्मिक भावनामा चोट पुर्याउने यस फिल्मविरूद्ध उजुरी दर्ता गर्न अनुरोध गर्दछु ।
‘अन्नपूर्णी’ १ डिसेम्बर २०२३ मा हलमा रिलिज भएको थियो । फिल्ममा नयनतारा मुख्य भूमिकामा छिन् । फिल्ममा उनले मन्दिरका पुजारीकी छोरी अन्नपूर्णीको भूमिका निभाएकी छिन्, जसले भान्से बन्ने सपना पूरा गर्न ननभेज पकाउँछिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार