यू-१९ विश्वकपमा आज न्युजिल्यान्ड र नेपालबीच प्रतिस्पर्धा
नेपालबहस संवाददाता
माघ ७, २०८० आइतबार १०:३७:५८
७ माघ, काठमाडौं । नेपालले दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा आज टेस्ट टोली न्युजिल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १. ४५ मा वेस्ट लन्डनमा सुरु हुनेछ ।
नेपालको कप्तानी देव खनाल र न्युजिल्यान्डको ओस्कार ज्याक्सनले गर्ने छन् । समूह डी बाट शीर्ष तीनमा रहँदै सुपर सिक्स खेल्न आजको नतिजा दुवै टोलीलाई निकै महत्वपूर्ण हुनेछ । नेपालले यू–१९ विश्वकप इतिहासमा हालसम्म न्युजिल्यान्डसँग हारेको छैन । दुई पटक खेल्दा दुवैमा नेपाल विजयी भएको छ ।
२००६ को प्लेट फाइनलमा नेपाल एक विकेट र २०१६ को समूह चरणको भेटमा नेपाल ३२ रनले विजयी भएको थियो । सिनियर टोलीले विश्वकपमा सानदार प्रदर्शन गरे पनि यू–१९ भने तुलनात्मक रुपमा न्युजिल्यान्डको प्रदर्शन कमजोर रहँदै आएको छ ।
दक्षिण अफ्रिका तीव्र गतिका बलरलाई बढी सहयोग मिल्ने गर्दछ । नेपालले खेल्ने आजको बफेलो पार्कमा पाकिस्तान र अफगानिस्तानसँगको खेलमा पनि तीव्र गतिका बलर हाबी बनेका थिए । नेपालका गुलशन झाको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।
सिनियर टोलीका प्रमुख अलराउन्डर समेत रहेका गुलशनबाट टोली ब्याटिङ र बलिङ दुवैमा ठूलो अपेक्षा गर्नेछ । उनले नेपालको लागि २४ ओडीआई र १४ टी–२० आई खेल खेलेका छन् ।
भारत, पाकिस्तान र वेस्टइन्डिज जस्ता ठूला टोलीविरुद्ध खेलेको अनुभव गुलशनसँग छ । बायाँ हाते तीव्र गतिका बलर दुर्गेश गुप्ता र आकाश चन्द पनि नेपालका तीव्र गतिका बलिङ हतियार हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआईपीएल टिम कोलकोताको मेन्टर बने ब्राभो
असोज ११, २०८१ शुक्रबार
नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने
असोज ११, २०८१ शुक्रबार
टी-२० र टेस्ट क्रिकेट छोड्ने शकिब अल हसनको घोषणा
असोज १०, २०८१ बिहिबार
साफ यू–१७ च्याम्पियनसिप: सेमिफाइनलमा आज नेपल भारतसँग खेल्दै
असोज १२, २०८१ शनिबार
दशैंको अग्रिम टिकट बुकिङ खुला, छाता ओढेर टिकट काट्दै यात्रु
असोज १२, २०८१ शनिबार
हनुमन्ते खोलाले ग्याँस बुलेट बगायो, ग्याँस लिक भएपछि स्थानीयहरु त्रसित
असोज १२, २०८१ शनिबार
काभ्रेको थुम्कीमा पहिरोले गाउँ नै बगायो, चार जना बेपत्ता
असोज १२, २०८१ शनिबार
अविरल वर्षा: देशका विभिन्न नदीमा जलसतह खतरास्तर नजिक
असोज १२, २०८१ शनिबार
झापामा खोलाले बगाएर तीन जना बेपत्ता
असोज १२, २०८१ शनिबार