नबिल बैंकको सञ्चालन खर्च बढेपनि ३ अर्ब २० करोड ३१ लाख मुनाफा
नेपालबहस संवाददाता
माघ ७, २०८० आइतबार ११:६:३०
७ माघ, काठमाडौं । संञ्चालन खर्च बढेपछि चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा नबिल बैंकको मुनाफा घटेको छ । बैंकले बिहीबार प्रकाशित गरेको दोस्रो त्रैमासको वित्तीय विवरणमा तीन अर्ब २० करोड ३१ लाख रूपैयाँ मुनाफा आर्जन गरेको छ ।
गत आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा तीन अर्ब ४१ करोड ७७ लाख रूपैयाँ मुनाफा आर्जन गरेको बैंकको मुनाफा ६.२८ प्रतिशतले घटेको हो ।
बैंकको खुद ब्याज आम्दानी र खुद फी तथा कमिसन आम्दानीमा वृद्धि भएको छ । यस्तै सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन (इम्पेरीमेन्ट चार्ज) मा पनि सामान्य मात्रै वृद्धि हुँदा पनि बैंकको मुनाफामा घटेको छ । बैंकको सञ्चालन खर्चमा उल्लेख्य वृद्धि हुँदा मुनाफा प्रभावित भएको हो ।
गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सात अर्ब ८३ करोड ३० लाख रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चालू आवको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.२४ प्रतिशतले बढेर ८ अर्ब २४ करोड ३३ लाखमा पुगेको छ । यस्तै खुद फि तथा कमिसन आम्दानी एक अर्ब २८ करोड २८ लाखबाट एक अर्ब ४८ करोड ४४ लाख पुगेको छ ।
आम्दानीमा वृद्धि हुँदा सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन १ अर्ब ८८ करोड ७६ लाख रुपैयाँबाट सामान्य बढेर एक अर्ब ९७ करोड १८ लाख रूपैयाँ पुगेको छ । तर, कर्मचारी खर्च एक अर्ब ८५ करोड ९३ लाखबाट बढेर दुई अर्ब ४९ करोड २४ लाख पुगेको छ ।
यस्तै अन्य सञ्चालन खर्च ७८ करोड २० लाखबाट बढेर ८९ करोड ४० लाख पुगेको छ । जसले बैंकको सञ्चालन मुनाफा र मुनाफा घटेको हो । पुस मसान्तमा बैंकको सञ्चालन मुनाफा ४ अर्ब ८६ करोड १८ लाख रुपैयाँबाट ६.१८ प्रतिशतले घटेर चार अर्ब ५६ करोड ११ लाख रूपैयाँमा झरेको छ ।
मुनाफा घटेको बैंकले एक अर्ब ४ करोड ९० लाख रूपैयाँ ब्याज उठाउन सकेको छैन । चालू आर्थिक वर्षको ६ महिनामा ९६ करोड ९५ लाख वितरणयोगय मुनाफा आर्जन गरेकोमा गत आवको मुनाफाबाट लाभांश वितरणपछिको सञ्चित मुनाफासहित एक अर्ब ८ करोड ७९ लाख रूपैयाँ वितरणयोग्य मुनाफा रहेको छ ।
चालू आर्थिक वर्षमा बैंकको निक्षेप र कर्जा दुवैमा सुधार भएको छ । असार मसान्तमा तीन खर्ब ९६ अर्ब ८४ करोड ३८ लाख रूपैयाँ रहेको बैंकको कुल निक्षेप पुस मसान्तमा आउँदा बढेर चार खर्ब २८ अर्ब ८३ करोड ५ लाख पुगेको छ ।
यस्तै बैंकको कर्जा तीन खर्ब ३१ अर्ब १२ करोड ३१ लाख रुपैयाँबाट तीन खर्ब ६२ अर्ब ८७ करोड ६० लाख रुपैयाँ पुगेको छ । मुनाफा घटेसँगै प्रतिशेयर आम्दानी २५ रूपैयाँ ३३ पैसाबाट घटेर २३ रूपैयाँ ७४ पैसा झरेको छ । प्रतिशेयर नेटवर्थ २०४ रूपैयाँ ४४ पैसा र मूल्य आम्दानी अनुपात २०.८३ गुणा रहेको छ ।
यस्तै बैंकको पुँजीकोष १२.५३ प्रतिशतबाट ११.५४ प्रतिशतमा झरेको छ । निष्क्रिय कर्जा अनुपात १.४६ प्रतिशतबाट २.४० प्रतिशतमा झरेको छ । पुसमा बैंकको सीडी रेसियो ८४.९५ प्रतिशत, आधार दर ९.०७ प्रतिशत र औसत स्प्रेड दर ४ प्रतिशत रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार
सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार