सुरक्षाको कारण देखाउँदै भारतले रोक्यो अयोध्या जाने रेल
नेपालबहस संवाददाता
माघ ७, २०८० आइतबार १२:२६:२७
७ माघ, जनकपुरधाम । भारत सरकारले अनुमति नदिएपछि उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरबाट जाने लागेको विशेष रेल नजाने भएको छ । सुरक्षाको कारण देखाउँदै भारतले अनुमति नदिएपछि जनकपुरबाट जान लागेको रेल यात्रा रद्द गरिएको छ ।
नेपाल रेल्वे कम्पनीका अनुसार सम्बन्धित निकायबाट स्वीकृति लिएर प्राण प्रतिष्ठामा जनकपुरबाट भारतीय २० बोगीको रेल जाने व्यवस्था मिलाएको थियो । शनिबार अपरान्ह ४ बजेदेखि टिकट बुकिङ खुला गरिएको उक्त रेल आइतबार बिहान अयोध्या जाने तयारीमा थियो ।
भारत सरकारले अनुमति नदिने भनेपछि रेल्वे सेवाले रेल सेवा रद्द भएको जानकारी गराएको हो । जनकपुर रेल्वेका प्रमुख प्रशासन सहायक रञ्जित ठाकुरले भारतले अनुमति नदिँदा अयोध्या जाने रेल सेवा रद्द गरिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सरिक
असोज ११, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट
असोज ११, २०८१ शुक्रबार
विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचोः मन्त्री राणा
असोज ११, २०८१ शुक्रबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
प्रधानमन्त्री ओली बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सरिक
असोज ११, २०८१ शुक्रबार
सिन्धुपाल्चोकको मानेखर्कमा कृषि उपज सङ्कलन केन्द्र स्थापना
असोज ११, २०८१ शुक्रबार
कालीगण्डकी करीडोरः जोमसोम–कागबेनी खण्डमा कालोपत्र
असोज ११, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट
असोज ११, २०८१ शुक्रबार
विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचोः मन्त्री राणा
असोज ११, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता
असोज ११, २०८१ शुक्रबार