माइतीघरबाट नेविसंघका १७ कार्यकर्ता पक्राउ
नेपालबहस संवाददाता
माघ ७, २०८० आइतबार १२:५९:४५
७ माघ, काठमाडौं । निषेशित क्षेत्र माइतीघरमा प्रदर्शन गर्न पुगेको नेपाल विद्यार्थी संघ (नेविसंघ) नेता तथा कार्यकर्ता पक्राउन परेका छन् । निषेधाज्ञा हटाउन माग गर्दै माइतीघरमा प्रदर्शन गर्न पुगेका नेविसंघका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतबार झन्डा र प्लाकार्डसहित माइतीघरमा प्रदर्शन गर्न पुगेका नेविसंघ कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूले ’माइतीघरको निषेधाज्ञा खारेज गर’, ’अभिव्यक्ति स्वतन्त्रता कायम गर’ नारा लगाएका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलका अनुसार त्यहाँबाट १७ जनालाई नियन्त्रणमा लिइएको छ । ’निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि नियन्त्रणमा लिएको हो ।
माइतीघरलाई काठमाडौं प्रशासनले मंसिरदेखि निषेधित क्षेत्र तोकेको हो। निषेधित क्षेत्र तोकेर जनताको अभिव्यक्ति स्वतन्त्रताको अधिकार कुण्ठित गर्न खोजिएको भन्दै नागरिक समाजदेखि, सामाजिक अभियन्तालगायत राजनीतिक दलका भ्रातृ संगठनहरूले विरोध गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
बर्षा नरोकिएपछि आन्तरिक उडान बन्द
असोज १२, २०८१ शनिबार
साफ यू–१७ च्याम्पियनसिप: सेमिफाइनलमा आज नेपल भारतसँग खेल्दै
असोज १२, २०८१ शनिबार
दशैंको अग्रिम टिकट बुकिङ खुला, छाता ओढेर टिकट काट्दै यात्रु
असोज १२, २०८१ शनिबार
हनुमन्ते खोलाले ग्याँस बुलेट बगायो, ग्याँस लिक भएपछि स्थानीयहरु त्रसित
असोज १२, २०८१ शनिबार
काभ्रेको थुम्कीमा पहिरोले गाउँ नै बगायो, चार जना बेपत्ता
असोज १२, २०८१ शनिबार
अविरल वर्षा: देशका विभिन्न नदीमा जलसतह खतरास्तर नजिक
असोज १२, २०८१ शनिबार