कोरम नपुगेर राज्यव्यवस्था समितिको बैठक स्थगित
नेपालबहस संवाददाता
माघ ७, २०८० आइतबार १४:५:२६
७ माघ, काठमाडौं । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक कोरम नपुगेर स्थगित गरिएको छ । आइतबार मध्याह्न सवा १२ बजे सिंहदरबारस्थित सभाकक्षमा बस्ने गरी समितिको बैठक बोलाइएको थियो ।
तर, बैठक बस्न कोरम पुगेन । बैठक सञ्चालन गर्न आवश्यक गणपूरक संख्या नपुगेको हो । कम्तीमा १४ जना उपस्थित हुनुपर्नेमा १० सदस्य मात्र बैठकका निम्ति पुगेका थिए ।
अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गर्ने बैठकको कार्यसूची थियो । आजको स्थगित र यही माघ १४ गते बस्ने गरी अर्को बैठक बोलाइएको समितिका सचिव सुरजकुमार दुराले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार