संसदीय समितिका काम टुंगोमा पुर्याउन सभामुखको निर्देशन, क्यालेण्डर बनाएर अगाडि बढ्न सुझाव
नेपालबहस संवाददाता
माघ ७, २०८० आइतबार १४:१८:९
७ माघ, काठमाडौं । संसदीय समितिका सभापतिहरूले संसद सञ्चालनको क्यालेन्डर बनाउन सभामुखलाई सुझाव दिएका छन् । सभामुख देवराज घिमिरेले आज बोलाएको बैठकमा सहभागी संसदीय समितिका सभापतिहरूले सो सुझाव दिएका हुन् ।
बैठकमा सभामुख घिमिरेले संसदीय समितिका काम–कारबाही छिटै टुंगोमा पुर्याउन निर्देशन दिए । उनले भने, बाँकी रहेका विषयलाई छिटो सिध्याउनूस् । आवश्यकताअनुसार बैठक छिटै बोलाउनुस् । समझदारीपूर्ण ढंगबाट निष्कर्षमा पुग्न लाग्नूस् भनेर भने ।
सभापतिहरूले यसअघिका विधेयकबारे बैठकमा रिपोर्ट प्रस्तुत गरेका थिए । संसदीय क्यालेन्डर निश्चित गर्ने र त्यसअनुसार अघि बढ्ने विषयमा छलफल गरिएको घिमिरेले जानकारी दिए । उनले फरक समितिले एउटै विषय आफ्नो कार्यक्षेत्र भन्दै काम–कारबाही अघि बढाएको सन्दर्भमा पनि निर्देशन दिए ।
फरक समितिले एउटै क्षेत्र हो भनेर भइरहेका कुरालाई समझदारी पूर्ण ढंगले लानूस् । आफ्ना–आफ्ना पाटालाई लानूस् । भएन भने प्रगतिको आधारमा एउटाले हेर्ने गरी मिलाउनूस्, आफूले दिएको निर्देशनबारे घिमिरेले सञ्चारकर्मीसित भने ।
सभामुखसँगको छलफलपछि पत्रकारहरूसँगको कुराकानीमा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले संसदलाई क्यालेन्डर बनाएर सञ्चालन गर्दा उपयुक्त हुने सुझाव दिएको बताए ।
‘सबै पार्टीका प्रमुख सचेतकहरुसँग बसेर क्यालेन्डरको रुपमा यति समयदेखि यति समय हिउँदे अधिवेशन चल्छ, यति समय वर्षे अधिवेशन चल्छ भन्ने एउटा क्यालेन्डर बनाएर जान सकियो भने त्यो पनि उपयुक्त हुन्छ,’ छलफलको विषयबारे जानकारी दिँदै खतिवडाले भने ।
समितिका सभापतिहरूले एउटै विषय फरक–फरक समितिमा छलफल हुने गरेको र मन्त्रीहरूलाई पनि समय निकाल्न कठिन भएको बताएका थिए । उदाहरणको रुपमा उनीहरूले एनसेल प्रकरणमा राज्य व्यवस्था समिति, लेखा समिति, अर्थ समिति र सञ्चार समितिमा छलफल भइरहेको बताएका थिए ।
‘यो बारेमा पनि एक ठाउँमा बसेर छलफल गर्न पाए राम्रो हुन्थ्यो भन्ने कुरा भयो,’ सभापति खतिवडाले भने, ‘एकैदिन तीन–चार वटा समितिमा बोलाउँदा मन्त्रीहरूले नभ्याउने, कतै गयल हुने भन्ने लगायतमा पनि छलफल भयो ।’
बैठकमा सभामुख घिमिरेले संसदीय समितिमा विचाराधीन विधेयकहरू छिटो भन्दा छिटो संसदमा पेस भए सदन चलाउन सहज हुने धारणा राखेका थिए । संसदको हिउँदे अधिवेशन यही माघ १८ देखि बोलाउने तयारी भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार