महासचिव नियुक्तिमा ढिलाई भयो भन्दै सभामुख र राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपतिलाई लेखे पत्र
नेपालबहस संवाददाता
माघ ७, २०८० आइतबार १४:५३:३२
७ माघ, काठमाडौं । संसद सचिवालयका महासचिव नियुक्तिमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले चासो देखाएका छन् । उनीहरूले संघीय संसदको महासचिव नियुक्तिका लागि गरिएको सिफारिसबारे राष्ट्रपतिलाई पत्र पठाएर पुनः स्मरण गराएका छन् ।
सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले २५ मंसिरमा संघीय संसदको महासचिवमा पदमराज पाण्डेयलाई सिफारिस गरेका थिए । तर विवादित भएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले अहिलेसम्म यसबारे निर्णय गरेका छैनन् । लामो समयसम्म पाण्डेयको नियुक्ति नभएपछि सभामुख घिमिरे तिमिल्सिनाले स्मरण पत्र पठाएका हुन् ।
राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले सभामुखको पत्र आएको जानकार दिएका छन् । मंसिर २५ गते तत्कालीन महासचिव डा. भरतराज गौतमले राजीनामा दिएपछि सचिव पदमप्रसाद पाण्डेलाई महासचिव नियुक्तिका लागि गरिएको सिफारिस गरिएको थियो ।
मंसिर २५ गते नै संसदको महासचिवमा नियुक्तिका लागि पदमप्रसाद पाण्डेको नाम सिफारिस भइसककेको छ । तर पाण्डेलाई महासचिवमा नियुक्तिका लागि भएको उक्त उक्त सिफारिस राष्ट्रपतिको कार्यालयमा किन र के कारणले रोकियो? भनेर स्मरण पत्र पठाएको संसद् सचिवालयका एक अधिकारीले जानकारी दिए । राष्ट्रपतिले उक्त सिफारिस अड्काइदिएपछि पाण्डेलाई गत मंसिर २७ गते संसद सचिवालयको कार्यवाहक महासचिव बनाइएको थियो।
मंसिर २५ मै महासचिवमा नियुक्तिका लागि सिफारिस भए पनि राष्ट्रपति पौडेलले आवश्यक कानुनी परामर्श भन्दै अड्काइदिएका छन् । महासचिवमा पाण्डेको नियुक्तिबारे संसद र राष्ट्रपतिबीच द्वन्द्वको अवस्था देखिएको छ । यस्तो अवस्थामा संसदको नेतृत्वबाट राष्ट्रपतिलाई फेरि अर्को पत्र गएको हो ।
संविधानको धारा १०६ बमोजिम प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवैको संयुक्त सिफारिसमा पाण्डेको नाम संघीय संसदको महासचिवमा सिफारिस भएको थियो । नौ महिना कार्यकाल बाँकी रहँदै तत्कालीन महासचिव डा. भरतराज गौतमले राजीनामा दिएपछि पाण्डेलाई नयाँ महासचिवका रुपमा संसद्बाट भएको सिफारिस राजनीतिक कारणले अड्किएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोप—२९ पछि जलवायु संकट टार्न के हुन्छ अब नेपालको रणनीति ?
पुष ११, २०८१ बिहिबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
यु–१९ क्रिकेटः महिला टिमको बन्द प्रशिक्षण सुरु
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य सेवाको सुदृढीकरणका लागि सम्मेलन आयोजना गर्दै स्वास्थ्य मन्त्रालय
पुष ११, २०८१ बिहिबार
‘एआई’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने
पुष ११, २०८१ बिहिबार
लिम्बू कला–संस्कृति संरक्षणमा जुट्दै नयाँ पुस्ता
पुष ११, २०८१ बिहिबार
माझीदाईका गुनासाः दिनभरि काम गर्यो, फर्कदा रित्तै !
पुष ११, २०८१ बिहिबार
कस्तो रहला आज देशभरको मौसम ?
पुष ११, २०८१ बिहिबार