प्रधानमन्त्री कप : गण्डकीको पहिलो जित, कोशी २५ रनमा अलआउट
नेपालबहस संवाददाता
माघ ७, २०८० आइतबार १५:१७:१६
७ माघ, काठमाडौं । जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामामा कोशी प्रदेश केवल २५ रनमा अलआउट भएको छ ।मुलपानी क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलमा गण्डकी प्रदेशले दिएको १६८ रनको लक्ष्य पछाएको कोशी प्रदेश १५.२ ओभर मात्र खेल्दै २५ रन बनाएर अलआउट भएको हो ।
कोशी प्रदेशका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । कोशीका लागि कप्तान अंकित सुवेदीले सर्वाधिक ८ रन बनाएका थिए भने चार खेलाडी शुन्यमा आउट भएका थिए ।
कोशीको ब्याटिङ लाइन ध्वस्त गर्न गण्डकी प्रदेशका कप्तान विपिन खत्रीले ६ विकेट लिएका थिए । त्यस्तै सन्दीप पराजुलीले ३ तथा अंकित न्यौपानले एक विकेट लिएका थिए ।
यस अघि पहिला ब्याटिङ गरेको गण्डकी प्रदेशले ४८।२ ओभरमा अल आउट हुदै १६७ रन बनाएको थियो । त्यस्तै कोशी प्रदेशका बलर अभ्यास तिम्सिनाले ६ विकेट लिएका थिए ।
यो गण्डकी प्रदेशको पहिलो जित हो । गण्डकीले ४ खेलमा एक जितसहित २ अंक हासिल गरेको छ । त्यस्तै कोशी प्रदेशले भने लगातार छैटौं हार व्यहोरेको छ ।
अब गण्डकी प्रदेशले अर्को खेल मंगलबार बागमती प्रदेशसँग त्रिवि मैदानमा खेल्ने छ भने कोशी प्रदेशले मंगलबार नै मुलपानी मैदानमा कर्णाली प्रदेससँग खेल्ने तालिका रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन
मंसिर ११, २०८१ मंगलबार
इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु
मंसिर ११, २०८१ मंगलबार
प्रहरीले दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गरायो
मंसिर ११, २०८१ मंगलबार
भक्तपुरमा राजश्व संकलन गत वर्षभन्दा राम्रो
मंसिर ११, २०८१ मंगलबार
आरबीआईका गभर्नर शक्तिकान्त दास अस्पताल भर्ना
मंसिर ११, २०८१ मंगलबार