आँधीखोला किनारको पानी ‘लिफ्टिङ’बाट घर–घरमा
नेपालबहस संवाददाता
माघ ७, २०८० आइतबार १५:२०:५६
७ माघ, स्याङजा (वालिङ) । स्याङजाको वालिङ नगरपालिका १३ बोधिभञ्ज्याङका एक सय ४२ घरधुरीमा ‘एक घर एक धारा’ जडान गरिएको छ ।
गाउँभन्दा धेरै टाढाबाट यसअघि ल्याइएको खानेपानीमा समस्या आएपछि गण्डकी प्रदेश सरकारको सहयोगमा गाउँमा खानेपानी पुर्याइएको हो । बोधिभञ्ज्याङ मूल संरक्षण तथा खानेपानी आयोजना अन्तर्गत आँधीखोलाको किनारमा रहेको मुलबाट पानी तानेर गाउँमा वितरण गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाका सबइञ्जिनियर वसन्तकुमार सुवेदीले बताए ।
आव २०७६/७७ देखि सुरु भएको उक्त योजना हालैमात्र सम्पन्न भई सञ्चालनमा आएको उनले बताए । दुई करोड १५ लाख ५६ हजार रुपैयाँ लागत अनुमान रहेको उक्त योजना गण्डकी प्रदेश सरकार र स्थानीयको जनश्रमदान गरी एक करोड ३७ लाख २५ हजार रुपैयाँमा सम्पन्न भएको हो ।
वालिङ १३ को झलुङ्गेस्थित आँधीखोलाको किनारबाट विद्युतको प्रयोग गरी पानी तानेर वितरण गरिएको उपभोक्ता समितिका सचिव धु्रव गौडेलले बताए । ‘लामो दूरीबाट ल्याइएको पानीमा पटकपटक समस्या आएपछि नयाँ योजनाको खोजीमा थियौँ’, उनले भने, ‘आँधीखोलाको किनारमा रहेको मुल नजिकै ट्याङ्की निर्माण गयौँ त्यहाँबाट गाउँभन्दा माथि रहेको खरबारीमा एक लाख लिटर क्षमताको सङ्कलन ट्याङ्की निर्माण गरी त्यसैबाट गाउँका घरघरमा वितरण गरेका छौँ ।’
झलुङ्गे, बोधिभञ्ज्याङ, पीपलछापका प्रत्येक घरघरमा पाइपमार्फत पानी पुर्याइएको छ । उक्त ठाउँमा रहेका विद्यालय, प्रहरीचौकी, वडा कार्यालय, समाज भवन, सार्वजनिक स्थलमा समेत धारा जडान गरिएको छ ।
प्रत्येक घरमा २४सैँ घण्टा पानी खोल्ने गरिएको छ । घरघरमै पानी सहज रुपमा आएसँगै खोल्सा खोल्सी, कुवामा पानी लिन जानुपर्ने बाध्यताको अन्त्य भएको छ । टाढाबाट पानी बोकेर खानुपर्ने अवस्थाको अन्त्य भएपछि स्थानीय खुसी छन । दैनिक पानी खोल्न, बन्द गर्न तथा मर्मत सम्भारका लागि एक जना कर्मचारी राखिएको सचिव गौडेलले बताए ।
खानेपानी आयोजनाले पानी तान्नका लागि मासिकरूपमा चार हजार पाँच सयदेखि छ हजार पाँच सय रुपैयाँसम्म विद्युत महसुल बुझाउँदै आएको छ । गण्डकी प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले लिफ्ट खानेपानीमा प्रयोग हुँदै आएको विद्युतमा अनुदान दिने नीति ल्याएकाले विद्युत महसुलको अनुदान प्राप्तिका लागि प्रक्रिया अगाडि बढाएको सचिव गौडेलले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार