स्याङजा उद्योग वणिज्य संघको अध्यक्षमा ७ र महासचिवमा ३ सहित ४५ जनाको उम्मेदवारी
नेपालबहस संवाददाता
माघ ७, २०८० आइतबार १७:१८:४१
७ माघ, स्याङजा । स्याङजा जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदका लागि महादेव श्रेष्ठ, नारायण ढकाल, सुनिता पौडेल (गौतम), हिक्मत श्रेष्ठ, विक्रान्त श्रेष्ठ, रबिन्द्रमान श्रेष्ठ र राजन घिमिरेले उम्मेदवारी दर्ता गरेका छन् ।
वरिष्ठ उपाध्यक्षमा भीमकुमार श्रेष्ठ र अर्जुन थापाले उम्मेदवारी मनोनयन गरेका छन् । वाणिज्य तर्फकाे उपाध्यक्षमा शा खालिद मियाँ र अनुप श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् ।
उद्योग तर्फको उपाध्यक्षमा दीपककुमार श्रेष्ठ र महिला उद्योगी तर्फको उपाध्यक्ष गंगा प्रधान निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद रेग्मीले जानकारी दिए ।
महासचिव पदका लागि तीन जनाले उम्मेदवारी दिएका छन् । मोहम्मद सरिफ मियाँ, आशिष लम्साल र रविन केसीले उम्मेदवारी दिएका हुन् ।
सचिव पदका लागि प्रकाश डोटेल र रामप्रसाद लम्सालको उम्मेदवारी परेकाे छन भने सहसचिवमा रंगनाथ रेग्मी निर्विरोध निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा दीपेन्द्रकुमार श्रेष्ठ, लक्ष्मण प्रधान र सुमन गुरुङले मनोनयन दर्ता गरेका छन् भने सह कोषाध्यक्षमा निरज ढकाल र सौनारायण श्रेष्ठको उम्मेदवारी रहेको छ ।
सदस्यहरूमा लक्ष्मीकुमारी प्रधान, सुष्मा श्रेष्ठ, गणेश अर्याल, सुदर्शन रेग्मी, युवराज शर्मा, पृथ्वीराज अर्याल, अमृत लामिछाने, मिनाकुमारी खत्री, राजेन्द्र श्रेष्ठ, रमेशकुमार श्रेष्ठ, शुलभ श्रेष्ठ, मिनाकुमारी सुवेदी, सुर्यप्रसाद शर्मा, कौशिला पौडेल क्षेत्री, मोहम्मद फारुक शाह, हिटलर पौडेल, सुजन पोख्रेल, छाँयादत्त सापकाेटा र रिमल नेपाली रहेका छन् ।
माघ ५ गते उद्घाटन भएको साधारणसभा एवं अधिवेशनको निर्वाचन प्रक्रिया लम्बिएको छ । विभिन्न पदमा आकांक्षीहरु धेरै हुँदा अधिवेशन लम्बिएको जनाएकाे छ ।
कूल ५ सय ८६ मतदाता रहेकाे संघमा ४० जनाले विभिन्न पदमा उम्मेदवारी दिइएकाे निर्वाचन समितिले जानकारी दिए । ४० जना मध्येबाट १८ जना निर्वाचित हुनेछन् । निर्वाचितहरूकाे कार्यकाल ३ वर्षकाे हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार