७ खर्बमध्ये नेपालको भारतसँग मात्र ४ खर्ब २४ अर्बको व्यापार घाटा
नेपालबहस संवाददाता
माघ ७, २०८० आइतबार १७:२४:३१
७ माघ, काठमाडौं । चालू आर्थिक वर्षको अर्ध वार्षिक समीक्षा अवधिमा मुलुकले करिब ७ खर्ब बराबर व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा ६ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख ९२ हजार बराबरको व्यापार घाटा देखिएको हो ।
विभागको तथ्याङ्कअनुसार छ महिनामा नेपालले कूल ८ खर्ब ४३ अर्ब १३ करोड ४६ लाख ४९ हजार बराबरको वैदेशिक व्यापार गरेको छ । जसमध्ये ७ खर्ब ६८ अर्ब १६ करोड ६५ लाख ७१ हजार बराबरको आयात भएको छ भने ७४ अर्ब ९६ करोड ८० लाख ७९ हजार बराबरको मात्रै निर्यात भएको छ ।
विभागका अनुसार गत आर्थिक वर्षको पछिलो छ महिनाको तुलनामा चालू आवको सोही अवधिमा आयात तीन दशमलव ०९ र निर्यात सात दशमलव २३ प्रतिशतले घटेको छ । समग्रमा वैदेशिक व्यापार तीन दशमलव ४७ प्रतिशतले घटेको छ भने व्यापार घाटा दुई दशमलव ६२ प्रतिशतले घटेको छ ।
नेपालले सबैभन्दा धेरै भारतसँग ४ खर्ब २४ अर्ब ४४ करोड ८९ लाख २८ हजार बराबरको व्यापार घाटा व्यहाेरेको छ । छ महिना अवधिमा भारतबाट ४ खर्ब ७४ अर्ब ८९ करोड ४१ लाख बराबरको आयात गर्दा भारतमा भएको निर्यात भने ५० अर्ब ४४ करोड २२ लाख बराबर मात्रै छ । नेपालले उच्च व्यापार घाटा व्यहोरेका मुलुकमा तीन, संयुक्त अरब इमिरेट्स, युक्रेन र मलेसिया क्रमशः दोस्रो, तेस्रो, चौंथो र पाँचौ नम्बरमा छन् ।
पुस मसान्तसम्ममा चीनसँग १ खर्ब ४५ अर्ब ७९ करोड एक लाख १५ हजार, संयुक्त अरब इमिरेट्ससँग १२ अर्ब २६ करोड, युक्रेनसँग ९ अर्ब ९६ करोड र मलेसियासँग ८ अर्ब ६० करोड बराबर व्यापार घाटा छ । नेपालको वैदेशिक व्यापारमा नाफा कमाएका मुलुकको सूचीमा संयुक्त राज्य अमेरिका पहिलो स्थानमा छ ।
चालू आवको छ महिनामा नेपालले अमेरिकाबाट ७ अर्ब ६३ करोड ६३ लाख ६६ हजार बराबरको आयात गर्दा ८ अर्ब ३३ करोड ९९ लाख ६७ हजार बराबरको निर्यात गरेको छ । अर्थात् ७० करोड ३६ लाख बराबरको व्यापार नाफा अमेरिकासँग भएको छ ।
पछिल्लो छ महिनामा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको छ । पुस मसान्तसम्ममा ६६ अर्ब ४९ करोड ११ लाख बराबरको डिजेल, ३३ अर्ब ९१ करोड ९६ लाख बराबरको पेट्रोल, २५ अर्ब ४५ करोड बराबरको खाना पकाउने ग्यास आयात भएको भन्सार विभागले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कससँग कति मागियो धरौटी ?
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार